चम्पावती हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने
शुक्रबार, १६ मङ्सिर २०७९, १० : ३४
चम्पावती हाइड्रोपावर लिमिटेडको सञ्चालक समितिले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्काशन गर्ने निर्णय गरेको छ । मंसिर १० गते बसेको समितिको बैठकले यस्तो निर्णय गरेको कम्पनीले जानकारी दिएको छ ।
पुस ९ गते कम्पनीको १३ औं वार्षिक साधारणसभा बोलाइएको छ । उक्त साधारणसभाले समितिको प्रस्ताव पारित गरेपछि आईपीओको प्रक्रियामा जाने कम्पनीले जानकारी दिएको छ ।
चम्पावती हाइड्रो पावरले गोर्खाको थालाजुङ र केराबारी र लमजुङको भलायखर्क र कोल्कीमा १ अर्ब ३१ करोड ८० लाख रुपैयाँ स्थिर पुँजीमा ७ मेगावाट जलविद्युत् उत्पादन गर्ने तयारी गरिरहेको छ । थालाजुङ र केराबारी आसपास चेपे खोलामा सात मेगावाट विद्युत उत्पादन गर्न चम्पावती हाइड्रोपावर प्रालिले अनुमति लिएर काम गरिरहेको छ । कम्पनीको अध्यक्षमा डा हरिराम पराजुली छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण