हिजाब नलगाएपछि सरकारले भत्कायो इरानी आरोहीको घर

आफ्नो बुर्का नलगाएर विदेशमा प्रतिस्पर्धा गर्ने इरानी पर्वतारोही एलनाज रेकाबीको पारिवारिक भिला भत्काइएको बताइएको छ। ३३ वर्षीया रेकाबीले दक्षिण कोरियामा भएको प्रतियोगितामा इरानको अनिवार्य ड्रेस कोड तोडेकी थिइन् । तर, पछि उनले टाउकोको स्कार्फ अनजानमा खसेको बताएकी थिइन् ।
हेडस्कार्फको विरोधले इरानमा प्रदर्शन उग्र बनेको छ । प्रदर्शनकारीले ड्रेस कोड नमान्ने पर्वतारोहीलाई नायकको रूपमा प्रशंसा गरेका छन् । सामाजिक सञ्जालमा पोस्ट गरिएको एक भिडियोमा उनको घरको भग्नावशेष र उनले प्राप्त गरेका पदक चौउरमा यत्रतत्र छरिएको अवस्थामा देख्न सकिन्छ । त्यस्तै , उनका भाइ (जो शीर्ष धावकसमेत हुन) रोइरहेको भिडियोमा देख्न सकिन्छ ।
सरकार विरोधी कार्यकर्ताहरूले रेखाबीविरुद्ध सरकारले बदला लिएको भन्दै निन्दा गरेका छन् । उक्त फुटेज कहिले खिचिएको भन्ने केही उल्लेख गरिएको छैन् । उनको घर पूर्ण रुपमा भत्किएको अर्धसरकारी समाचार निकाय तासनिमले जनाएको छ । गैरकानुनी ढंगले घर भत्काइएको उक्त समाचार संस्थाले दाबी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादी जनताको बलमा सत्तामा पुगेको हो : अध्यक्ष दाहाल
-
मदन–आश्रित हत्याकाण्डको छानबिन हुनुपर्छ : माधव नेपाल
-
शेखरको नजरमा यस्तो छ गभर्नर नियुक्तिमा चलखेल हुनुको कारण
-
धरहराबाट तीन करोड ७३ लाख सङ्कलन
-
सरकारका कमीकमजोरी भए सुधार गर्दै अघि बढ्छौँ : सभापति देउवा
-
‘मदन भण्डारीको योगदानको समीक्षा र कम्युनिस्ट एकता अपरिहार्य’