हेटौंडा अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा विस्तार गरिने
हेटौंडा अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु गरिने भएको छ । मिर्गौला प्रत्यारोपण तथा डाइलाइसिस सेवा विस्तारका लागि शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौडा अस्पतालबीच सम्झौता भएको छ ।
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको अगुवाइमा प्रत्यारोपण सेवाको विस्तार र सातवटै प्रदेशमा प्रत्यारोपण र डायलाइसिस सेवा दिइने कार्य योजना अन्तर्गत हेटौडामा सुरु गरिएको हो । भौगोलिक दृष्टिकोणले उपयुक्त रहेको हेटौडामा आ.व. ०७९-८० भित्र प्रत्यारोपण कार्य सुरु गर्ने शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा पुकार चन्द्र श्रेष्ठले जानकारी दिए ।
बागमती प्रदेश अन्तर्गतका विभिन्न अस्पतालहरुमा डाइलाइसिस सेवा विस्तार गर्ने, शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरले कर्मचारीहरुको लागि जनशक्तिको तालिम, अध्यापन आदि व्यवस्थापन गर्ने, मष्तिष्क मृत्युबाट हुने अंगदान र प्रत्यारोपण लगायतका कार्य प्रभावकारी बनाउने, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौडाका स्वास्थ्यकर्मीहरुलाई शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपाण केन्द्र, भक्तपुरमा मृर्गौला प्रत्यारोपण फेलोशिप, एम.सि.एच युरोलोजी, डि.एम. नेफ्रोलोजि, नर्सिङ्ग विषयको स्नातक तथा स्नात्तोकोत्तर तह लगायतको शैक्षिक कार्यक्रम सञ्चालन गर्न आवश्यक गृहकार्य गर्ने लगातका बुँदाहरुमा समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
केन्द्रका कार्यकारी निर्देशक डा. श्रेष्ठले केन्द्रले देशका ७ वटै प्रदेशमा प्रत्यारोपण सेवा विस्तार गर्ने योजना अनुरूप पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा केन्द्रको प्राविधिक सहयोगमा प्रत्यारोपण सेवा सञ्चालन गरिसकिएको बताए ।
यस्तै मंसिर महिना भित्रै सुर्खेतको प्रादेशिक अस्पतालमा प्रत्यारोपण सेवा विस्तार गरिने र क्रमशः धनगढीमा समेत प्रत्यारोपण सेवा सुरु गरिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण