समानुपातिकका ३३० सांसद छान्न ७ दललाई सकस
राजनीतिक दललाई समानुपातिकतर्फ निर्वाचित हुने सांसद छान्न सकस परेको छ । निर्वाचन आयोगले दलहरूले पाएको मतका आधारमा प्रतिनिधिसभा र प्रदेश सभामा समानुपातिकतर्फ निर्वाचित हुने नामहरू पठाउन पत्राचार गरेसँगै बिहीबारबाट आन्तरिक गृहकार्यमा जुटेका राजनीतिक दलहरुलाई समयमै समानुपातिकबाट निर्वाचित हुनेहरूको नाम आयोगमा पठाउन सकस परेको हो ।
आयोगले बिहीबार पत्र पठाएर शनिबारसम्म नाम पठाउन भनेको छ । तर अधिकांश दलहरूले शनिबारमात्रै बैठक बोलाएर समानुपातिक नाम टुंग्याउने तयारी गरेका छन् । त्यसका लागि नेपाली कांग्रेस, नेकपा एमाले, रास्वपा, जसपा र राप्रपाले शनिबार बैठक बोलाएका छन् भने माओवादी केन्द्रले शुक्रबार बैठक बोलाएको छ । एमालेले यसअघि शुक्रबार बोलाएको बैठक तयारी नपुगेको भन्दै शनिबारलाई सारेको छ ।
मंसिर ४ मा सम्पन्न निर्वाचनको मत परिणामअनुसार नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, एनेकपा समाजवादी, जनता समाजवादी पार्टी र जनमत पार्टी लगायतले समानुपातिक सांसद छान्न पाउँछन् । प्रतिनिधिसभातर्फ ११० र प्रदेशसभातर्फ २२० गरी ३३० जना सांसद समानुपातिक निर्वाचन प्रणालीमार्फत छानिन्छन् ।
प्रतिनिधि सभातर्फ नेकपा एमालेले सबैभन्दा धेरै मत ल्याएर ३४ सांसद छान्दैछ भने दोस्रो ठूलो दल नेपाली कांग्रेसले एमालेको भन्दा २ सिट कम हुनेगरी मत पाएकाले ३२ जना सांसद छान्दैछ । त्यसैगरी नेकपा माओवादी केन्द्रले १४, रास्वपाले १३, राप्रपाले ७ जनता समाजवादीले ५ र जनमत पार्टीले ५ जना छान्दैछन् । त्यसैगरी प्रदेशतर्फ सबै दलले गरेर २२० सांसद छान्नुपर्ने हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण