अफगानिस्तानमा महिलासहित २७ जनालाई सार्वजनिक स्थलमा कोर्रा
तालिबानले महिलासहित २७ जना अफगानीहरूलाई ठुलो भीडको अगाडि कोर्रा लगाएको छ । गत वर्ष सत्तामा फर्किएपछि पहिलो पटक एक दोषीलाई सार्वजनिक रूपमा मृत्युदण्ड दिएको एक दिनपछि सार्वजनिक रुपमा कोर्रा दिइएको हो ।
उनीहरूका मुख्य प्रवक्ताले सार्वजनिक सजायको अन्तर्राष्ट्रिय आलोचनालाई इस्लामको सम्मानको कमी भने । पहिलो पटक सत्तामा रहँदा कठोर शासनका लागि कुख्याती कमाएका तालिबानले नरम अप्नाउने बाचा गरे पनि तालिबानले बिस्तारै इस्लामिक कानुन वा सारिया कानुनको पुनः व्याख्या गरेका छन् ।
मुख्य प्रवक्ता जबिहुल्लाह मुजाहिदले आलोचनाले मुस्लिमहरूको विश्वास, कानुन र आन्तरिक मामिलाहरूको सम्मान नगर्ने बताए । एक विज्ञप्तिमा सर्वोच्च अदालतले राजधानी काबुलबाट करिब ५० किलोमिटर (३२ माईल) उत्तरमा परवान प्रान्तको राजधानी चारिकारमा बिहीबार २७ ‘अपराधीहरू’लाई कोर्रा लगाएको बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी