पुष्पाहरू कति जल्ने ?
शनिबार, २४ मङ्सिर २०७९, ०९ : ०७
पुस्तौदेखिको रितीथिति
कहिलेसम्म हो सम्हाल्ने,
व्यवहारिकताका कुरा जहिले पनि
महिलाले नै किन झेल्नुपर्ने ।
आधुनिक भयो समाज भन्छन्
म त खै देख्दिन,
पुष्षा जस्ता चेलीले हेर
जलेर कति मर्ने ।
कानुनले हेर सम्पन्न छन् है
आजका दिदी बहिनी
सामाजिक दुर्व्यवहार अझै छ जारी
अब त कति पो सहने नि ।
पुष्पा एक प्रतिनिधि पात्र
नेपाली समाजको,
हटाउनु पर्छ अन्धविश्वास,
अनि कुसंस्कारको ।
शिक्षितहरु सचेत हुनुपर्छ
हे सब नारी हो,
हिम्मत जुटाऊँ, हौसला दिऊँ
अब त जागौ हो ।
नारीको जीवन खुकुरीको धार
उस्तै उस्तै हो,
सम्हाली पाइला चालौ है
साथी सुन्दर छ संसार यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण