सुजुकी २ पाङग्रेको नयाँ शोरुम माहादेवबेशीमा
धादिङ– सुजुकी मोटर कर्पोरेशन नेपालका लागि आधिकारीक आयतकर्ता भिजी अटोमोबाईल्स प्रा.लिले धादिङको माहादेवबेशीका लागि आधिकारिक बिक्रेता ट्रयाक्टर ईन्जिनियरिङ प्रालि मार्फत नयाँ शाखा सञ्चालनमा ल्याएको छ । शाखाको उद्घाटन थाक्रे गाँउपालिका प्रमुख रामकुमार आचार्यले गरेका हुन् ।
सो अबसरमा आचार्यले यस क्षेत्रलाई लक्षित गरि बिक्री सहितको नयाँ शाखा संचालनपछि बाईक /स्कुटर खरिद गर्न, मर्मत गर्न राजधानीसम्म धाउनु पर्ने बाध्यताबाट मुक्ति मिलेको भन्दै संचालक सुरज थापालाई बधाई दिए ।
शोरुम सुभारम्भका अवसरमा कम्पनीले कुनै पनि बा्रण्डका पुराना बाईक वा स्कुटरको न्यूनतम मुल्याङ्कन २५००० गरिने र नगद खरिदमा १०००० छुटका साथै तेस्रो पक्ष बिमा निशुल्क ब्यवस्था गरेको छ ।
कम्पनीका एक्सचेन्ज म्यानेजर राजन श्रेष्ठका अनुसार हाल नेपाली बजारमा सुजुकीका जिक्सर सिरिज, हयाते, एक्सिस स्कुटर तथा लेट्स स्कुटर उपलब्ध छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुत्केरीलाई प्रसूति बिदा ६ महिना पुर्याउने प्रस्ताव
-
सुनसरी घटनामा संयमता र सामाजिक सद्भाव कायम राख्न गगन थापाको अपिल
-
गोपालमान श्रेष्ठको निधनप्रति पूर्णबहादुर खड्काद्वारा दुःख व्यक्त
-
१० बजे १० समाचार : सुनसरीमा सद्भावका लागि अपिल, अस्पतालमा पनि आन्दोलन
-
सुनसरीका यी क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू (सूचनासहित)
-
कर्णालीमा मुख्यमन्त्री नियुक्त, अन्यमा कसरी हुँदै छ एमाले र नेकपाबिच ‘पावर सेयरिङ’ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण