सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

हङकङका मिडिया टाइकुनलाई ६ वर्ष जेल

आइतबार, २५ मङ्सिर २०७९, १० : ४३
आइतबार, २५ मङ्सिर २०७९

हङकङका अर्बपति मिडिया टाइकुन जिमी लाइलाई ठगीको आरोपमा झण्डै ६ वर्षको जेल सजाय सुनाइएको छ । अक्टोबरमा गैरकानूनी रूपमा अफिस क्षेत्र सबलेट गरेकोमा दोषी पाइएका लाइले कुनै पछुतो महसुस नगरेको न्यायाधीशले बताए ।

अहिले बन्द गरिएको एप्पल डेली अखबारका संस्थापक ७५ वर्षीय लाइले हालै विरोध प्रदर्शन र अनाधिकृत भेलाहरूमा भाग लिएको कारणले २० महिनाको जेल सजाय पूरा गरेका थिए। राष्ट्रिय सुरक्षाको आरोपमा उनको आगामी सुनुवाइमा उनले सम्भावित आजीवन कारावासको सामना पनि गर्नुपर्नेछ ।

यसअघिका अभियोगहरू २०१९ मा हङकङमा भएको विशाल लोकतान्त्रिक आन्दोलनमा उनको भूमिकासँग सम्बन्धित थिए । तर, पछिल्लो मुद्दामा उनको एउटा कम्पनीले आफ्नो अखबारको कार्यालयमा भाडाको सर्तहरू उल्लंघन गरेको थियो । 

लाइ र एप्पल डेलीका पूर्व कार्यकारी वोङ वाइ–केउङ दुबैलाई अक्टोबरमा जिल्ला न्यायाधीश स्टेनली चानले ‘योजनाबद्ध, संगठित र वर्षौं लामो’ समय ठगीको दोषी पाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप