सडक आन्दोलनको नेतृत्व गर्दै कुन्ती पोखरेल, कागेश्वरी मनोहरा नगरपालिकामा तालाबन्दी
काठमाडौंको साँखु–चावाहिल सडक अन्तर्गत थली खण्डमा सडक कालोपत्रे गर्नुपर्ने माग गर्दै स्थानीयले विरोध प्रदर्शन गरेका छन् । ३ दिनदेखि जारी विरोधका क्रममा आइतबार कागेश्वरी मनोहरा नगरपालिकाको कार्यालयमा तालाबन्दी गरिएको छ ।
वर्षौंदेखि सडक खनेर अलपत्र अवस्थामा छाडिएपछि सडक कालोपत्रेको माग गर्दै आन्दोलनमा उत्रिएको राप्रपाकी नेतृ कुन्ती पोखरेलले जानकारी दिइन् । नगरपालिका कार्यालय अगाडिको बाटो नै कालोपत्रे नभएका कारण हिउँदमा धुलो र वर्षामा हिलोले स्थानीय हैरान हुने गरेका कारण सो समस्या समाधान हुने निश्चित नभएसम्म विरोध जारी राख्ने पोखरेलले बताइन् ।
हालै प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर २ अन्तर्गत पर्ने सोही क्षेत्रमा प्रतिस्पर्धा गरेकी राप्रपाकी उम्मेदवार रहेकी पोखरेलले चुनावमा पराजित भएपनि सो क्षेत्रका जनताको सुख दुःखमा साथ दिने उल्लेख गर्दै बलियो प्रतिपक्षको रुपमा खडा हुने उल्लेख गरिन् ।
उनले भनिन्– ‘वर्षौंदेखि यहाँको सडक अलपत्र अवस्थामा छोडिएको छ । नगरपालिकाको कार्यालय अगाडि भएपनि नगरपालिकाले कुनै पहल नगरेका कारण कार्यालयमा ताला लगाउनुपरेको हो । आफ्नो क्षेत्राधिकार बाहिरको बाटो भनेर नगरपालिका पन्छन पाउँदैन । नगरपालिकाले आफ्नो नगरभित्रको बाटोको जिम्मा लिनुपर्छ भनेर सम्झाउनका लागि तालाबन्दी गरिएको हो ।’
चावाहिल–साँखु सडक खण्डमध्ये थली क्षेत्रमा झन्डै १ किलोमिटर कच्ची अवस्थामा रहेको छ । बाटो कालोपत्रे नहुँदा हरेक वर्ष सो खण्डमा स्थानीयले सास्ती भोग्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण