दैलेख–२ : पाँच पालिकाबाट ६ जना बने सांसद
दैलेख निर्वाचन क्षेत्र नम्बर २ बाट प्रत्यक्ष र समानुपातिक गरी ६ जना सांसद बनेका छन् । यस निर्वाचन क्षेत्र अन्तर्गत दुल्लू, चामुण्डाबिन्द्रासैनी, आठबीस नगरपालिका, भैरवी र ठाटीकाँध गाउँपालिका गरी पाँच वटा पालिका पर्दछन् । पाँच पालिकाबाट १÷१ वटा सांसद बनेका छन् भने चामुण्डाबिन्द्रासैनी नगरपालिकाबाट एउटा प्रत्यक्ष र एउटा समानुपातिक गरी दुई जना सांसद बनेका छन् ।
चामुण्डाबिन्द्रासैनीबाट प्रतिनिधिसभातर्फ प्रत्यक्ष चुनाव जितेका दिक्पाल कुमार शाही र प्रदेशसभातर्फ समानुपातिक सांसद बनेकी इन्द्राकुमारी शाही कांग्रेसबाट सांसद बनेका हुन् । प्रतिनिधिसभा सदस्य शाहीको वडा नम्बर ६ हो भने समानुपातिकबाट प्रदेश सांसद बनेकी शाही वडा नम्बर ७ निवासी हुन् ।
यस्तै ठाटीकाँध गाउँपालिका वडा नम्बर १ बाट विनोद कुमार शाह प्रदेश सांसद निर्वाचित भएका छन् । उनी प्रत्यक्षतर्फ एमालेबाट निर्वाचित भएका हुन् । उनी ०४८ सालदेखि संसदीय निर्वाचनमा भाग लिँदै आएका छन् ।
आठबीस नगरपालिकाबाट भने समानुपातिक सांसद चयन भएका छन् । सो पालिकाको वडा नम्बर १ निवासी एमालेकी गोमता विक दलित कोटाबाट प्रदेशसभामा समानुपातिक सांसद बनेकी हुन् ।
उता दुल्लू नगरपालिका वडा नम्बर ८ का घनश्याम भण्डारी कांग्रेसबाट प्रदेशसभा सदस्यमा प्रत्यक्षतर्फ निर्वाचित सांसद हुन् भने भैरवी गाउँपालिका वडा नम्बर १ की सीता कुमारी राना प्रतिनिधिसभामा आदिवासी महिला कोटाबाट समानुपातिक सांसद बनेकी छन् । कांग्रेसको केन्द्रीय सदस्य समेत रहेकी उनले पहिलो पटक संसदको यात्रा तय गरेकी हुन् ।
दलगत आधारमा हेर्ने हो भने २ जना एमाले र चार जना कांग्रेसबाट सांसद बनेका छन् । लैङ्गिक आधारमा तीन जना महिला र तीन जना पुरुष छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अङ्ग्रेज फौज पराजित भएको ऐतिहासिक स्थलमा भारतीय पत्रकारको भ्रमण
-
झापामा घरेलु तथा साना उद्योगबाट दुई करोड ४१ लाख राजस्व सङ्कलन
-
यी निर्माण कम्पनी कालोसूचीमा परे (सूचीसहित)
-
'गौँथली'को आक्रामक व्यापारसँगै चम्किए अरुण
-
लुम्बिनी प्रादेशिक अस्पतालले माग्यो स्वास्थ्यकर्मी, कुन पदमा कति ?
-
लमजुङमा धन्सारमाथि पहिरो खस्दा २ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण