पठानमा कसको पारिश्रमिक कति ?
बलिउडमा हालका दिनमा शाहरुख खानको नयाँ फिल्म ‘पठान’को चर्चा व्यापक छ । पाँच वर्षपछि शाहरुख बलिउडमा पुनरागमन गर्दै छन् । शाहरुख पछिल्लो पटक सन् २०१८ मा फिल्म ‘जीरो’मा देखिएका थिए । यो फिल्म बक्सअफिसमा पूर्ण रुपमा फ्लप साबित भएको थियो ।
पाँच वर्षपछि दर्शकमाझ आउन लागेका शाहरुख जति उत्साहित छन्, उनका फ्यानको उत्साह पनि उस्तै छ । फिल्म ‘पठान’मा कसले कति पारिश्रमिक लिए भन्ने चासो सर्वत्र छ । यहाँ फिल्मका कलाकारको पारिश्रमिकबारे चर्चा गरिएको छ ।
शाहरुख खान
फिल्म ‘पठान’मा शाहरुख खान प्रमुख भूमिकामा देखिँदैछन् । यो फिल्ममा शाहरुखको बडी ट्रान्सफर्मेशन देखेर जोकोही चकित छन् । फिल्मका लागि शाहरुखले सय करोड पारिश्रमिक लिएका छन् ।
दीपिका पादुकोण
फिल्ममा अभिनेत्री दीपिका पादुकोण शाहरुखको अपोजिटमा देखिएकी छन् । यो फिल्मका लागि दीपिकाले १५ करोड पारिश्रमिक लिएकी छन् ।
जोन अब्राहम
अभिनेता जोन अब्राहमा फिल्ममा भिलेनको भूमिकामा छन् । फिल्मका लागि उनले २० करोड पारिश्रमिक बुझेका छन् ।
सिद्धार्थ आनन्द
फिल्मको निर्देशन सिद्धार्थ आनन्दले गरेका हुन् । उनले फिल्मका लागि ६ करोड पारिश्रमिक लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण