पठानमा कसको पारिश्रमिक कति ?
बलिउडमा हालका दिनमा शाहरुख खानको नयाँ फिल्म ‘पठान’को चर्चा व्यापक छ । पाँच वर्षपछि शाहरुख बलिउडमा पुनरागमन गर्दै छन् । शाहरुख पछिल्लो पटक सन् २०१८ मा फिल्म ‘जीरो’मा देखिएका थिए । यो फिल्म बक्सअफिसमा पूर्ण रुपमा फ्लप साबित भएको थियो ।
पाँच वर्षपछि दर्शकमाझ आउन लागेका शाहरुख जति उत्साहित छन्, उनका फ्यानको उत्साह पनि उस्तै छ । फिल्म ‘पठान’मा कसले कति पारिश्रमिक लिए भन्ने चासो सर्वत्र छ । यहाँ फिल्मका कलाकारको पारिश्रमिकबारे चर्चा गरिएको छ ।
शाहरुख खान
फिल्म ‘पठान’मा शाहरुख खान प्रमुख भूमिकामा देखिँदैछन् । यो फिल्ममा शाहरुखको बडी ट्रान्सफर्मेशन देखेर जोकोही चकित छन् । फिल्मका लागि शाहरुखले सय करोड पारिश्रमिक लिएका छन् ।
दीपिका पादुकोण
फिल्ममा अभिनेत्री दीपिका पादुकोण शाहरुखको अपोजिटमा देखिएकी छन् । यो फिल्मका लागि दीपिकाले १५ करोड पारिश्रमिक लिएकी छन् ।
जोन अब्राहम
अभिनेता जोन अब्राहमा फिल्ममा भिलेनको भूमिकामा छन् । फिल्मका लागि उनले २० करोड पारिश्रमिक बुझेका छन् ।
सिद्धार्थ आनन्द
फिल्मको निर्देशन सिद्धार्थ आनन्दले गरेका हुन् । उनले फिल्मका लागि ६ करोड पारिश्रमिक लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपभोक्तालाई निर्बाध इन्टरनेट सेवा उपलब्ध नगराए हदैसम्मको कारबाही हुन्छ : दूरसञ्चार प्राधिकरण
-
वैशाख ३१ मा बागमती प्रदेश अधिवेशन बोलाउन दलहरू सहमत
-
आप्रवासन विभागको सदस्यमा देउवाले गरे १० जना मनोनीत
-
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन मन्त्रालयकाे अपिल
-
सरकारले एक सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने
-
डढेलो रोक्न हेलिकोप्टर प्रयोगबारे मन्त्रिपरिषद्मा गृहमन्त्री लामिछानेको प्रस्ताव