परनिर्भर अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन जरुरी : पौडेल
नेपाली काँग्रेसका नेता एवं काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित प्रदीप पौडेलले देशमा उत्पादनमूलक उद्योगहरू खोल्न जरुरी रहेको बताएका छन् । शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले परनिर्भर अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन जरुरी रहेको बताएका हुन् ।
उनले आयातमुखी अर्थतन्त्रलाई अन्त्य गरेर निर्यातमुखी अर्थतन्त्र विकास गर्न जरुरी रहेको स्पष्ट पारे । नेता पौडेलले भने, ‘हामीले जित्यौँ, दिग्विजय भयो भन्ने होइन, हामीलाई एउटा अवसर प्राप्त भएको छ । हामीले ५ वर्ष भित्र पूरा गरेर देखाउनेछौँ । यो असाध्यै चुनौतीपूर्ण छ । हामीले मत प्राप्त गर्‍यौँ अब मन जित्न जरुरी छ । जिताइयो अब यसले मात्रै सबै थोक गर्छ भनेर नछोडिदिनुहोला तपाईंहरुको नै साथ चाहिन्छ । हामीले भनेका कुरा पूरा गर्न जरुरी छ । हाम्रा प्रतिबद्धतामा हामी अडिग छौँ । राजनीतिक वेथितिको अन्त्य गर्नेछौँ । स्थानीय समस्या समाधान गर्नेछौँ । कुरा भन्दा पनि हामीले गरेका कुरा पूरा गर्ने कुरामा हामी लाग्नेछौँ । उत्पादनमूलक उद्योगहरू खोल्न जरुरी छ । परनिर्भर अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन जरुरी छ । आयातमुखी अर्थतन्त्रलाई अन्त्य गरेर निर्यातमुखी अर्थतन्त्र विकास गर्न जरुरी छ । त्यसो भए रोजगारीको अवसर सिर्जना हुनसक्छ ।’
नेता पौडेलले अबको ५ वर्षमा राजनीतिक वेथितिको अन्त्य गर्ने, स्थानीय समस्या समाधान गर्ने र निर्वाचनमा जनतासँग गरेका वाचा पूरा गर्ने प्रतिबद्धता जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण