बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

विमानस्थल सञ्चालनको बाधक बाच्छेबुडुवाको ल्यान्डफिल्ड साइटमा अब महानगरले फोहोर नफाल्ने

आइतबार, ०३ पुस २०७९, ०९ : ०५
आइतबार, ०३ पुस २०७९

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको मुख्य बाधक रहेको बाच्छेबुडुवाको ल्यान्डफिल्ड साइटमा अब  पोखरा महानगरले फोहोर नफाल्ने भएको छ । 

आइतबारबाट पोखरा-१४ मा रहेको उक्त बाच्छेबुडुवाको ल्यानडफिलमा महानगरले फोहोर नफाल्ने  भिडियो सूचना जारी गरेको हो । तर, अब महानगरले कहाँ फोहोर फाल्छ खुलाएको छैन । भिडिओ सूचनामा महानगरले केही वडाहरूमा अल्पकालीन फोहोर व्यवस्थापन गर्ने उल्लेख छ । 

महानगरले नयाँ ल्याण्ड्फिल साइट निर्माणका लागि सम्भाव्यता अध्ययन गर्न एक समिति बनाएको छ । जसको संयोजक छन् पोखरा ३३ का वडाअध्यक्ष रामचन्द्र अधिकारी । उनको संयोजकत्वमा सम्भाव्यताको अध्ययन भइरहेको हो।  समितिले पोखरा २१,२२ र ३३ मध्य एक ठाउँमा  अब फाहोर व्यवस्थापन गर्ने तयारी थालेको छ। 

महानगरले यसअघि मंसिर १८ गतेबाटै त्यहाँ फोहोर नफाल्ने  निर्णय गरेको थियो । बाच्छेबुडुवा रहेको ल्यान्डफिल्ड साइटलाई रिठेपानीको डाँडा कटान गरेको माटोले पुर्ने काम भइरहेको छ । पोखराबाट दैनिक १ सय ८० टन निस्कने महानगरले जनाएको छ । 

परीक्षण उडान सफल(
पुस १७ देखि पोखरा विमानस्थलमा व्यावसायिक उडान सञ्चालन गर्ने घोषणा गरेसँगै यान्त्रिक परीक्षण उडान ‘क्यालिब्रेसन फ्लाइट’ को प्रतिवेदन सकारात्मक आएको छ । 


विमानस्थलका प्रमुख विक्रम गौतमले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि सम्पूर्ण तयारी भइरहेको जानकारी दिए । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का प्रवक्ता जगन्नाथ निरौलाले यान्त्रिक परीक्षण उडानको प्रतिवेदन सकारात्मक भएको जानकारी दिएका छन् । 

एरोथाई कम्पनीको जहाजले मंसिर ५ देखि ११ सम्म  यान्त्रिक परीक्षण उडान गरेको थियो।  यान्त्रिक उडानमा विमानस्थलको एयर ट्राफिक कन्ट्रोलर, टावर, धावनमार्ग र विमानस्थलमा जडान भएका सञ्चार उपकरण परीक्षण गरिएको हो । चीन सरकारको २२ अर्ब सहुलियत ऋणमा बनेको हो । जुन विमानस्थल चिनियाँ सरकारले नेपाललाई हस्तान्तरण गरिसकेको छ । 

विमानस्थल सञ्चालनमा आएपछि १ सय ५० देखि १ सय ८० जना यात्रु बोक्ने एयरबस ३२० र बोइङ ७५७ ले यहाँ उडान भर्न सक्छन् ।  विमानस्थल फोर डी श्रेणीको भएकाले रनवेको लम्बाइ २ हजार ५ सय मिटर छ । अन्तर्राष्ट्रिय जहाजले पूर्वपट्टिबाट मात्रै उडान र अवतरण गर्नेछ । यो विमानस्थलबाट दैनिक ६ वटा अन्तर्राष्ट्रिय र ४८ आन्तरिक उडान हुन सक्ने प्राधिकरणले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप