युक्रेनमाथि युद्ध सुरु भएयताकै ठूलो हमला, ७० भन्दा बढी क्षेप्यास्त्र प्रहार
रसियाले युक्रेनमा ७० भन्दा बढी क्षेप्यास्त्र प्रहार गरेको छ । यो हमलालाई युद्ध सुरु भएदेखिकै सबैभन्दा ठूलो आक्रमण बताइएको छ । आक्रमपछि किभ राष्ट्रव्यापी आपतकालीन ब्ल्याकआउट लागु गर्न बाध्य भएको युक्रेनी अधिकारीहरूले बताएका छन् ।
अधिकारीहरूका अनुसार मध्य क्रिभिई रिहमा एउटा अपार्टमेन्ट ब्लकमा आक्रमण हुँदा तीन जनाको मृत्यु भएको छ । दक्षिणमा खेरसनमा गोलीबारीमा अर्का एक जनाको मृत्यु भएको छ । कब्जा गरिएको पूर्वीयुक्रेनमा रुसी–स्थापित अधिकारीहरूले युक्रेनी गोलाबारीबाट १२ जनाको मृत्यु भएको बताएका छन् ।
एउटा भिडियो सम्बोधनमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँग अझै धेरै ठूलो हमला गर्न पर्याप्त क्षेप्यास्त्रहरू रहेका पश्चिमी सहयोगीहरूलाई किभलाई थप र राम्रो वायु रक्षा प्रणालीहरू आपूर्ति गर्न आग्रह गरे।
फेब्रुअरी २४ मा सुरु भएको हमलाको अवसर पारेर मस्कोले अर्को वर्षको सुरुमा नयाँ आक्रमणको योजना बनाएको छ युक्रेनले अनुमान गरेको छ । झन्डै १ वर्ष लामो युद्धमा युक्रेनका विभिन्न क्षेत्रमा क्षेप्यास्त्र हमला भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महेन्द्र राजमार्गको चन्द्रौटा–कोहलपुर खण्ड चार लेनमा स्तरोन्नति गरिँदै
-
भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति पौडेल
-
महाराजगन्ज–धोबीखोला सडक खण्डमा ज्याकारान्डा रोपण
-
इजरायल–लेबनानबिचको युद्धविराम हिजबुल्लाहद्वारा अस्वीकार
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण