विपिन फेरि ‘भष्मे डन’
अभिनेता विपिन कार्की फेरि भष्मे डन बन्ने भएका छन् । दीपेन्द्र के खनालको निर्देशनमा बन्ने फिल्म ‘भष्मे डन’मा विपिन फेरि भष्मे डनको भूमिकामा देखिने भएका हुन् ।
‘पशुपतिप्रसाद’ फिल्ममा बिपिनले निर्वाह गरेको भष्मे डन भुमिका निकै चर्चामा रहेको थियो । निर्देशक दीपेन्द्र के खनाल र अभिनेता अभिनेता खगेन्द्र लामिछानेको निर्माण सहकार्य रहने फिल्मको पटकथा खगेन्द्रले नै लेखिरहेका छन् । ‘पशुपतिप्रसाद’मा हनुमानको भूमिकामा देखिएका रविन्द्रसिंह बानियाँ पनि भष्मे डनमा देखिनेछन् ।
‘पटकथाको पहिलो ड्राफ्ट लेखन सकिएको छ’, निर्देशक खनालले भने ‘पशुपतिप्रसादमा भष्मे डनको कथा जहाँ सकिएको थियो, यो फिल्ममा त्यहीबाट सुरु हुन्छ ।’
निर्देशक खनाल पशुपतिप्रसादको सिक्वेल बनाउने तयारीमा थिए । त्यो प्रोजेक्ट अहिले थाती राखेर यो फिल्मको काममा अगाडि बढेका हुन् । भष्मे डनको छायांकन फागुनदेखि सुरु हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण