विपिन फेरि ‘भष्मे डन’

अभिनेता विपिन कार्की फेरि भष्मे डन बन्ने भएका छन् । दीपेन्द्र के खनालको निर्देशनमा बन्ने फिल्म ‘भष्मे डन’मा विपिन फेरि भष्मे डनको भूमिकामा देखिने भएका हुन् ।
‘पशुपतिप्रसाद’ फिल्ममा बिपिनले निर्वाह गरेको भष्मे डन भुमिका निकै चर्चामा रहेको थियो । निर्देशक दीपेन्द्र के खनाल र अभिनेता अभिनेता खगेन्द्र लामिछानेको निर्माण सहकार्य रहने फिल्मको पटकथा खगेन्द्रले नै लेखिरहेका छन् । ‘पशुपतिप्रसाद’मा हनुमानको भूमिकामा देखिएका रविन्द्रसिंह बानियाँ पनि भष्मे डनमा देखिनेछन् ।
‘पटकथाको पहिलो ड्राफ्ट लेखन सकिएको छ’, निर्देशक खनालले भने ‘पशुपतिप्रसादमा भष्मे डनको कथा जहाँ सकिएको थियो, यो फिल्ममा त्यहीबाट सुरु हुन्छ ।’
निर्देशक खनाल पशुपतिप्रसादको सिक्वेल बनाउने तयारीमा थिए । त्यो प्रोजेक्ट अहिले थाती राखेर यो फिल्मको काममा अगाडि बढेका हुन् । भष्मे डनको छायांकन फागुनदेखि सुरु हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वार्षिक एक करोडभन्दा बढीको माछा कारोबार गर्दै भवानीशङ्कर
-
विपद्मा परी मधेसमा चालु आर्थिक वर्षमै ४ सय २२ को मृत्यु
-
भारतीय राजदूत क्रिकेट प्रतियोगिता सम्पन्न
-
नेपालको हार तर बने यी रेकर्ड
-
१२ बजे १२ समाचारः बागमतीमा ‘चोर बाटो’बाट सांसद्लाई बजेट, ऐतिहासिक जितबाट २ रनले चुक्यो नेपाल
-
ऐतिहासिक जितबाट २ रनले चुक्यो नेपाल