१३ देखि १६ वर्षका ८ किशोरी मिलेर ५९ वर्षीय पुरुषको हत्या
क्यानडाको टोरोन्टोमा एक ५९ वर्षीय पुरुषको हत्या गरेको अभियोगमा ८ जना किशोरीलाई अभियोग लगाइएको छ । आइतबार स्थानीय समयअनुसार मध्यरातमा १३ देखि १६ वर्षका किशोरीले छुरा प्रहार गरेर उनको हत्या गरेको प्रहरीले आरोप लगाएको छ ।
पहिचान नखुलाइएका ती व्यक्ति आक्रमणको समयमा घरबारबिहीनका लागि बनाइएको आवासमा आश्रय लिइरहेका थिए । आक्रमणबाट आफू गहिरो रूपमा दुःखी भएको टोरन्टोका मेयर जोन टोरीले बताए ।
आइतबार मध्यरातमा एक व्यक्तिलाई छुरा प्रहार गरेको थाहा पाएपछि स्थानीयले आपत्कालीन सेवाहरूलाई जानकारी दिएको टोरन्टो प्रहरीले जनाएको छ । उनको अस्पतालमा मृत्यु भएकको थियो । उनको पेटमा चक्कु प्रहार भएको छ ।
क्यानेडेली कानुनअन्तर्गत पहिचान गोप्य राखिएका ति किशोरीहरुलाई आक्रमण भएको क्षेत्रमा पक्राउ गरिएको र उनीहरुबाट हतियार जफत गरिएको छ । उनीहरू सामाजिक सञ्जालका माध्यममार्फ भेट गरेका थिए र उनीहरूमध्ये तीन जनाको यसअघि नै प्रहरीसँग सम्पर्क रहेको बताइएको छ । आक्रमणको साँझ एउटा विवादमा संलग्न रहेको पनि प्राप्त विवरणहरूमा जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देउवा पुत्र जयवीरलाई ७ दिनभित्र उपस्थित हुन सम्पत्ति शुद्धीकरणको सूचना
-
बजेट विवाद: मन्त्रीबाट मन्त्रीकै हुर्मत, विपक्षीको प्रशंसा
-
बेल्जियमको शानदार जित, अमेरिकालाई ४–१ ले हराउँदै क्वार्टरफाइनलमा प्रवेश
-
दुर्गा प्रसाईंको आरोप– ‘सिंहदरबारको सिस्टम सरकारले नै बिगार्यो’
-
तीन वर्षदेखि विदेशी औषधि कम्पनीको निरीक्षण ठप्प
-
निमित्त कार्यालय प्रमुखसहित दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण