लगातार बढ्दै सुनचाँदीको भाउ
नेपाली बजारमा आज पनि सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बिहीबार पनि सुन र चाँदीकै मूल्य बढेको छ । महासंघले आज सुनको मूल्य तोलामा ३०० र चाँदीको मूल्य तोलामा ५ रूपैयाँले बढेको हो ।
यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १ हजार ५०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १ हजार रूपैयाँ कायम छ । हिजो बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ सय र तेजाबी सुनको मूल्य तोलामा १ लाख ७०० रूपैयाँ कायम थियो ।
पछिल्लो समय सुनको मूल्यमा भारी वृद्धि देखिँदै आएको छ । यही महिनाको पहिलो दिन तोलामा ९९ हजार ९०० रूपैयाँमा कारोबार भएको सुनको मूल्य यतिबेला १ लाख १५ सय रूपैयाँ पुगिसकेको छ ।
यस्तै, आज चाँदीको मूल्य समेत तोलामा ५ रूपैयाँले बढेको छ । महासंघका अनुसार हिजो बुधबार चाँदीको मूल्य तोलामा १४ सय रूपैयाँ थियो । जुन, आज बढेर १४ सय ५ रूपैयाँ पुगेको हो । यो महिनाको पहिलो दिन चाँदीको मूल्य तोलामा १३ सय ७० रूपैयाँ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण