बढ्दो ब्याजदरविरुद्ध उद्योगीको धर्ना
बैंकहरुले चर्को ब्याजदर लादेको भन्दै औद्योगिक नगरी विराटनगरका उद्योगी व्यवसायीले राष्ट्र बैंक विराटनगर अगाडि धर्ना दिएका छन् । आफ्ना माग पूरा नभएसम्म आन्दोलनको कार्यक्रमबाट पछि नहट्ने घोषणा पनि उद्योगी व्यवसायीले गरेका छन् ।
उद्योगी व्यापारीहरुका विभिन्न संघ संगठनहरुले आन्दोलन घोषणा गरेका हुन् । मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल उद्योग परिसंघ प्रदेश नं. १ को संयुक्त आयोजनामा तीन दर्जनभन्दा बढी बस्तुगत संघसंस्थाको एैक्यबद्धतामा धर्ना गरिएको हो ।
उद्योगी व्यवसायीहरुले सरकार र नेपाल राष्ट्र बैंकले आफूहरुलाई विस्थापनमै पार्ने नियत राखेर चर्को ब्याजदर लादेको भन्दै आन्दोलनमा जानुपर्ने बाध्यता सिर्जना भएको बताएका छन् । बुधबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै उनीहरुले आन्दोलन घोषणा गरेका थिए ।
उनीहरूले पाँच सुत्रीय माग अघि सारेका छन् । चालु पुँजी कर्जा निर्देशिका खारेज गर्नुपर्ने उनीहरुको पहिलो माग छ । चालू पुँजी कर्जा २५ प्रतिशतमा सिमित राख्ने निर्देशिकाले आफूहरु मारमा परेको उद्योगीको भनाइ छ । एकल अंकको ब्याजदर कायम गर्नुपर्ने उनीहरुको अर्को माग छ । अहिले ब्याजदर १६ प्रतिशतसम्म पुगेको उनीहरुको भनाइ छ । स्प्रेड दर र संस्थागत ब्याजदर २ –२ प्रतिशत कायम गर्नुपर्ने तथा बैंकर र व्यवसायीलाई अलग गर्नुपर्ने माग पनि उनीहरुको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण