बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेले दिए राजीनामा
दोहोरो भूमिकामा रहेका राजेन्द्रप्रसाद पाण्डेले बागमती प्रदेशको मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् । शुक्रबार प्रदेश प्रमुख समक्ष पाण्डेले राजीनामा बुझाएका हुन् । धादिङबाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका पाण्डे प्रदेशको बहालवाला मुख्यमन्त्री रहेकै अवस्थामा बिहीबार प्रतिनिधिसभा सदस्यको शपथ लिएका थिए ।
बागमती प्रदेशका मुख्यमन्त्री रहकै अवस्थामा संघीय संसदमा निर्वाचिन भएर शपथ लिएको भन्दै राजनीतिक वृत्तमा पाण्डेको आलोचना समेत भएको थियो ।
पाण्डे प्रदेशसभाको पहिलो कार्यकालमा तेस्रो मुख्यमन्त्रीको रुपमा २०७८ कात्तिक ११ गते जिम्मेवारी सम्हालेका थिए । एमाले विभाजनपछि सत्ता गठबन्धनमा रहेर नेकपा एकीकृत समाजवादीको तर्फबाट उनले सत्ता नेतृत्वको अवसर पाएका थिए । उनको राजीनामासँगै काम चलाउ सरकारको जिम्मेवारी समेत उनैलाई दिइएको प्रदेश प्रमुख कार्यालय हेटौंडाले जनाएको छ ।
यस अघि बागमती प्रदेशमा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र नेता डोरमणि पौडेल मुख्यमन्त्री भइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण