आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

बालुवाटारमा देउवा र प्रचण्डबीच भेटवार्ता

शुक्रबार, ०८ पुस २०७९, १८ : २१
शुक्रबार, ०८ पुस २०७९

नयाँ सरकार गठनका साथै सत्ता गठबन्धनबीच महत्वपूर्ण पदहरुमा भागबण्डाबारे छलफलका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बालुवाटारमा पुगेका छन् । शुक्रबार साँझ प्रचण्ड कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफलका लागि बालुवाटार पुगेका हुन् । 

प्रचण्डले सरकारको पहिलो कार्यकालको प्रधानमन्त्री आफूले पाउनुपर्ने दाबी गर्दै आएका छन् भने कांग्रेसले पनि दाबी नछाड्दा सहमति हुन नसकेको छैन । सहमति जुटाउनका लागि शीर्ष तहमा निरन्तर पहल चलिरहेको खण्डमा आज पनि छलफल भइरहेको हो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले दुई नेताबीच छलफल भइरहेको जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप