मातृभाषामा शपथ लिन चाहने बागमतीका प्रदेश सभा सदस्यहरूले तीन दिन अगावै जानकारी दिनुपर्ने
बागमती प्रदेशका नवनिर्वाचित प्रदेश सभा सदस्यहरूको शपथग्रहण पुस १४ गते हुने भएको छ । बागमती प्रदेश सभा सचिवालयले एक सूचना जारी गर्दै पुस १४ गते बिहीबार दिउँसो २ बजे शपथ ग्रहण हुने जानकारी दिइएको छ । शपथका लागि अपराह्न १२ बजे नै मकवानपुरस्थित बागमती प्रदेश सभा सचिवालयमा उपस्थित हुनुपर्ने छ ।
नेपालको संविधानको धारा १७९ बमोजिम प्रदेश सभाका सदस्यहरूले प्रदेश सभा वा त्यसको कुनै समितिको बैठकमा पहिलो पटक भाग लिनुअघि प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७५ को दफा २४ बमोजिम प्रदेश सभाका ज्येष्ठ सदस्यले शपथ गराउने छन् । प्रदेश सभा सदस्यहरूले शपथ ग्रहण कार्यक्रममा राष्ट्रिय पोसाक वा आ-आफ्नो सांस्कृतिक पहिचान झल्कने पोसाकमा निर्वाचन आयोगबाट प्राप्त प्रदेश सभा सदस्य पदको प्रमाणपत्र ( सक्कल र प्रतिलिपि), नागरिकताको प्रमाणपत्र (सक्कल र प्रतिलिपि), हालसालै खिचेको पासपोर्ट साइजको ६ (छ) प्रति फोटोसहित अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ ।
प्रदेश सभाका कुनै सदस्यले आफ्नो मातृभाषामा शपथ लिन चाहेमा त्यस्तो सदस्यले शपथको व्यहोरा आफ्नो मातृभाषामा अनुवाद गरी सो अनुवादको प्रति सहित ३ (तीन) दिन अगावै बागमती प्रदेश सभा सचिवालयलाई उपलब्ध गराउनुहुन पनि सूचनामा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण