शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

चार्ल्स शोभराजले खुलाए कान्दाहार अपहरण र मसूद अजहरसँगको कनेक्सन

शनिबार, ०९ पुस २०७९, १४ : २६
शनिबार, ०९ पुस २०७९

नेपालको सर्वोच्च अदालतको आदेशपछि फ्रान्सेली सिरियल किलर चार्ल्स शोभराज जेलमुक्त भएका छन् । यसैबीच ‘इन्डियन एक्सप्रेस’ले एउटा अन्तर्वार्ता प्रकाशित गरेको छ । यो अन्तर्वार्ता २०१६ मा लिइएको थियो ।

यस अन्तर्वार्तामा उनले सन् २००३ मा नेपालको एक क्यासिनोबाट गिरफ्तार भएको र जैश-ए-मोहम्मदका प्रमुख मसूद अजहरसँगको भेटबारे कुरा गरेका छन्। शोभराजका अनुसार सन् २००० देखि २००३ को बीचमा उनले पाकिस्तानको धेरैपटक भ्रमण गरेका थिए र मसूदलाई भेटेका थिए।

चार्ल्स शोभराजले भने, "हेर्नुहोस्, तपाईलाई यसबारे पहिले नै थाहा छ ... जब मसूद अजहरलाई इन्डियन एयरलाइन्स अपहरण (१९९९ मा) पछि रिहा गरियो, 'द इन्डियन एक्सप्रेस' ले त्यसबेला भारत सरकारसँग मेरो भूमिकाबारे उल्लेख गरेको थियो।

शोभराजले उक्त अन्तर्वार्तामा भनेका छन्, ‘जसवन्त सिंह (तत्कालीन विदेशमन्त्री) मसँग प्रत्यक्ष सम्पर्कमा थिए। सबैभन्दा पहिले उहाँले पेरिसमा मलाई भेट्न दूत पठाउनुभयो। जसवंत सिंहसँगको यो भेट र कुराकानीपछि मैले मसूदको पार्टी हरकत-उल-अन्सारका मानिसहरूसँग सम्पर्क गरेँ।’

अन्तर्वार्तामा शोभराज थप भन्छन्, ‘अवश्य पनि, उनीहरूले यात्रुलाई रिहा गर्न अस्वीकार गरे, तर मैले उनीहरूलाई ११ दिनसम्म यात्रुलाई कुनै हानी नगर्ने वाचा दिलाउन सफल भएँ । तर त्यस पछि उनीहरूले यात्रुलाई मार्ने बताएका थिए।’

उनले भने, ‘मैले जसवन्त सिंहलाई फोन गरेँ र मेरो विचारमा ११ दिनसम्म यात्रुलाई कुनै नोक्सान नहुने बताए । त्यसैले भारतसँग वार्ताका लागि ११ दिनको समय थियो । वास्तवमा विमान कान्दाहारमा थियो र भारत सरकारसँग यात्रुहरूलाई बचाउन मसूद अजहरलाई रिहा गर्नुको विकल्प थिएन।’

उनले थप भने, “जसवन्त सिंहलाई खबर गरेको केही दिनपछि उनीहरूले मलाई फोन गरे र मसूदसँग बसेको बताए। उसले मलाई मसूदसँग कुरा गर्न र आफ्ना यात्रुहरू छोड्न भन्न आग्रह गरे । मैले स्पष्ट रूपमा अस्वीकार गरेँ। मैले भने कि मसूद सहमत छैनन्। साथै मलाई यो पनि लाग्छ कि ११ दिनपछि यात्रुलाई मार्न थाल्नेछन् भनेर पनि सुनाए ।’

शोभराजले भने, ‘यी मानिसहरूलाई थाहा छैन कि त्यो कलपछि जसवंत सिंहसँग मेरो लामो कुराकानी भयो । मैले उसलाई अर्को उपाय सुझाएँ । यस अनुसार भारत सरकारले आधिकारिक रूपमा यो वाचा गर्नुपर्छ र मसूदलाई ६ महिनाभित्र रिहा गर्न संसद्बाट सहमति लिनुपर्छ। म यस सर्तमा हरकत उल अन्सारसँग वार्ता गर्न सक्दो प्रयास गर्नेछु। जसवन्त सिंहले यसबारे मन्त्रिपरिषद्सँग परामर्श गर्ने बताए । तर अन्तमा उनीहरूले मसूदलाई छोड्ने निर्णय गरे। जसवन्त सिंहलाई यसको पुष्टि गर्न सोध्न सक्नुहुन्छ। म अझै पनि लाग्छ कि यदि भारत सरकारले उनलाई छ महिनामा रिहा गर्ने विकल्पलाई विचार गरेको भए म हरकत-उल-अन्सारलाई यो स्वीकार गर्न मनाउन सक्थे।’

शोभराजले यो अन्तर्वार्ता अगस्ट १५, २०१६ मा इमेलमार्फत दिएका थिए । यो अन्तर्वार्ता इन्डियन एक्सप्रेसकी पत्रकार रितु सरिनले लिएकी हुन् । त्यतिबेलासम्म शोभराजलाई आफू रिहा हुन लागेको महसुस हुन थालेको थियो । तर, उनले यो अन्तर्वार्ता काठमाडौं जेलबाट रिहा भएपछि सार्वजनिक गर्नुपर्ने शर्त राखेका थिए । तर यसपछि पनि उनको रिहाइ टर्दै आएको थियो । २०१७ मा उनको मुटुको शल्यक्रिया भएको थियो भने त्यसपछि कोभिड महामारी सुरु भयो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप