पाकिस्तानलाई गुप्तचर जानकारी दिएको आरोपमा भारतमा अर्का युट्युबर पक्राउ
नयाँ दिल्ली । पाकिस्तानलाई गुप्तचर जानकारी उपलब्ध गराएको आरोपमा पञ्जाब प्रहरीले युट्युबर जसवीर सिंहलाई पक्राउ गरेको छ ।
उनलाई बिहीबार मोहाली अदालतमा पेस गरिएको थियो ।
पञ्जाबका प्रहरी महानिर्देशक गौरव यादवले रुपनगर जिल्लाको महालन गाउँका बासिन्दा जसवीरले 'जान महल' नामक युट्युब च्यानल चलाएका बताइएको छ । अनुसन्धानका क्रममा उनको सम्बन्ध पाकिस्तानी गुप्तचर अपरेटिभ (पीआईओ) शाकिर उर्फ जट्ट रन्धावासँग रहेको पत्ता लागेको प्रहरीको दाबी छ ।
आरोपी युट्युबर ज्योति मल्होत्रा र पाकिस्तानी नागरिक तथा पाकिस्तानी उच्चायोगका निष्काशित अधिकारी एहसान–उर–रहीम उर्फ दानिशसँग सम्पर्कमा रहेको गौरव यादवले भनेका छन् । दानिशको निमन्त्रणामा जसवीर दिल्लीमा पाकिस्तान राष्ट्रिय दिवस कार्यक्रममा पनि सहभागी भएका थिए । जसवीरले पाकिस्तानी सेनाका अधिकारीहरू र भ्लगरहरूलाई भेटेको भनिएको छ ।
ज्योति मल्होत्राको गिरफ्तारीपछि जसवीरले पाकिस्तानी कार्यकर्ताहरूसँग मिलेर सञ्चारसँग सम्बन्धित प्रमाणहरू पनि नष्ट गर्ने प्रयास गरेको महानिर्देशक यादवले बताए । यस मुद्दामा अब एफआईआर दर्ता गरिएको छ र यस नेटवर्कका अन्य सहयोगीहरूको अनुसन्धान भइरहेको जनाइएको छ ।
युट्युबर ज्योति मल्होत्रालाई गत महिना हरियाणा प्रहरीले पाकिस्तानलाई गुप्तचर जानकारी उपलब्ध गराएको आरोपमा पक्राउ गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण