शुक्रबार, २३ जेठ २०८२
ताजा लोकप्रिय

पाकिस्तानलाई गुप्तचर जानकारी दिएको आरोपमा भारतमा अर्का युट्युबर पक्राउ

बुधबार, २१ जेठ २०८२, १८ : १८
बुधबार, २१ जेठ २०८२

नयाँ दिल्ली । पाकिस्तानलाई गुप्तचर जानकारी उपलब्ध गराएको आरोपमा पञ्जाब प्रहरीले युट्युबर जसवीर सिंहलाई पक्राउ गरेको छ ।

उनलाई बिहीबार मोहाली अदालतमा पेस गरिएको थियो ।

पञ्जाबका प्रहरी महानिर्देशक गौरव यादवले रुपनगर जिल्लाको महालन गाउँका बासिन्दा जसवीरले 'जान महल' नामक युट्युब च्यानल चलाएका बताइएको छ । अनुसन्धानका क्रममा उनको सम्बन्ध पाकिस्तानी गुप्तचर अपरेटिभ (पीआईओ) शाकिर उर्फ जट्ट रन्धावासँग रहेको पत्ता लागेको प्रहरीको दाबी छ ।

आरोपी युट्युबर ज्योति मल्होत्रा र पाकिस्तानी नागरिक तथा पाकिस्तानी उच्चायोगका निष्काशित अधिकारी एहसान–उर–रहीम उर्फ दानिशसँग सम्पर्कमा रहेको गौरव यादवले भनेका छन् । दानिशको निमन्त्रणामा जसवीर दिल्लीमा पाकिस्तान राष्ट्रिय दिवस कार्यक्रममा पनि सहभागी भएका थिए । जसवीरले पाकिस्तानी सेनाका अधिकारीहरू र भ्लगरहरूलाई भेटेको भनिएको छ ।

ज्योति मल्होत्राको गिरफ्तारीपछि जसवीरले पाकिस्तानी कार्यकर्ताहरूसँग मिलेर सञ्चारसँग सम्बन्धित प्रमाणहरू पनि नष्ट गर्ने प्रयास गरेको महानिर्देशक यादवले बताए । यस मुद्दामा अब एफआईआर दर्ता गरिएको छ र यस नेटवर्कका अन्य सहयोगीहरूको अनुसन्धान भइरहेको जनाइएको छ ।

युट्युबर ज्योति मल्होत्रालाई गत महिना हरियाणा प्रहरीले पाकिस्तानलाई गुप्तचर जानकारी उपलब्ध गराएको आरोपमा पक्राउ गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप