प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुने
काठमाडौँ । प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता पोखरामा जेठ २७ गतेदेखि सञ्चालन हुने भएको छ । आयोजक नेश्नल स्पोट्र्स एकेडेमीले बुधबार पोखरा रङ्गशालामा पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिताबारे जानकारी दिएको हो ।
राष्ट्रिय स्तरका शीर्ष ६ महिला टिमलाई समावेश गरेर आयोजना गर्न लागिएको प्रतियोगिता जेठ ३१ गतेसम्म पोखरा रङ्गशालामा सञ्चालन हुने भएको छ । आयोजकका अनुसार प्रतियोगितामा तीन विभागीय टिम पुलिस, एपीएफ र आर्मी तथा गण्डकी प्रदेश, एभरेष्ट एकेडेमी र न्युडामण्ड एकेडेमीले सहभागिता जनाउनेछन् ।
राउण्ड रोबिन लिगका आधारमा प्रतियोगिता सञ्चालन हुनेछ र प्रतियोगिताको विजेताले ६ लाख, उपविजेताले ३ लाख र तेस्रो हुने टिमले एक लाख रुपैयाँ प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले ३० हजार र विधागततर्फका उत्कृष्टले जनही २० हजार रुपैयाँ प्राप्त गर्ने बताइएको छ । प्रतियोगितामा सहभागी हुने खेलाडीको यातायात र बसोबासको व्यवस्था आयोजकले गर्ने बताएको छ ।
पत्रकार सम्मेलनमा अखिल नेपाल खेलकुद महासङ्घका अध्यक्ष शिव कोइराला ज्वालाले नेपालको लोकप्रिय खेलको रूपमा रहेको भलिबलको विकासमा इँटा थप्ने प्रयास स्वरूप प्रतियोगिताको सुरुवात गरिएको बताए । कोइरालाका अनुसार आगामी दिनमा प्रतियोगितालाई थप फराकिलो बनाउँदै लैजाने लक्ष्य राखिएको छ ।
आयोजक नेश्नल स्पोट्र्स एकेडेमीका अध्यक्ष दिपक कोइरालाले तत्कालीन प्रचण्ड नेतृत्वको सरकारले भलिबललाई राष्ट्रिय खेलको घोषणा गर्न उल्लेख्य भूमिका खेलेको उल्लेख गर्दै सो घोषणाको सम्मानमा भलिबल कार्यक्रमलाई अघि सारिएको बताए ।
‘तत्कालीन प्रचण्ड नेतृत्वको सरकारले भलिबललाई राष्ट्रिय घोषणा गरेको अवसर भलिबलको राष्ट्रिय प्रतियोगिताको सुरुवात गरेका छौँ ।’ कोइरालाले भने, ‘गणतन्त्र, प्रचण्ड र भलिबल बिचको संयोजनको रूपमा कार्यक्रमलाई अघि सारेका छौँ ।’
कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्यद्धय अञ्जन धमला र सम्राट कुसारी तथा नेपाल भलिबल सङ्घका उपाध्यक्ष याम गुरुङ सहितको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुमबासीसँग घरजग्गा, सेयर, सवारी साधन र हिरा–जवाहरात खोजिँदै
-
सामाजिक सेवा एकाइ कार्यक्रम सञ्चालनसम्बन्धी मार्गदर्शन जारी
-
रोजगार सिर्जना र हस्तकला पुस्तान्तरण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
-
सुर्खेतमा फोर्स गाडी दुर्घटना : १९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण