'नर्कभन्दा पनि खत्तम भयो गाजाको अवस्था'

गाजापट्टी । प्यालेस्टाइन सहर गाजाको अवस्था नर्कभन्दा पनि खराब भएको अन्तर्राष्ट्रिय रेड क्रस कमिटी (आईसीआरसी)की अध्यक्ष मिरना स्पेलजरिकाले बताएकी छन् ।
देशहरूले यहाँको युद्ध समाप्त गर्न, प्यालेस्टिनियनहरूको पीडा अन्त्य गर्न र इजरायली बन्धकहरूलाई रिहा गर्न पर्याप्त कदम नउठेको उनले बताइन् । 'यहाँ मानवता पूर्ण रूपमा सकिएको छ,’ जिनेभामा रेडक्रसको मुख्यालयमा बीबीसीसँगको साक्षातकारमा उनले बताएकी बीबीसीले लेखेको छ ।
‘प्यालेस्तिनीहरूको मानवीय गरिमा खोसिएको छ र अन्तरराष्ट्रिय मानवीय कानुनलाई खोक्रो बनाउने काम भइरहेको छ । गाजामा जे भइरहेको छ, यसलाई कुनै पनि कानुनी, नैतिक र मानवीय मापदण्डबाट स्वीकार गर्न सकिँदैन,’ उनले भनिन् ।
आईसीआरसी एउटा अन्तर्राष्ट्रिय संगठन हो । यसले युद्ध क्षेत्रमा काम गर्दछ । गाजामा यसका १ हजार ३०० कर्मचारी छन् । तीमध्ये धेरै प्यालेस्टाइनवासी छन् । सोमबार गाजाको एउटा सहायता केन्द्रमा इजरायलले गरेको गोलीबारीमा कम्तीमा पनि २७ प्यालेस्टेनी मारिएको समाचार आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुकूल न्यायाधीश खोज्ने प्रयास, चार पटक सारियो पेसी
-
ट्रम्प र मस्कबिचको चर्को बहसपछि घट्यो टेस्लाको शेयर
-
चाँडै चीन भ्रमण जाँदै छन् ट्रम्प
-
बजेट नपरेकोबारे सोध्दा ऋषिकेशका पिएको जवाफ : बसाइँ सरेर अन्तै जानु
-
इङ्गल्यान्डमा खेलिने टेस्ट शृङ्खलाको नाम ‘एन्डर्सन–तेन्दुल्कर ट्रफी’
-
अब बोल्ड बन्छु : गरिमा शर्मा