'नर्कभन्दा पनि खत्तम भयो गाजाको अवस्था'
गाजापट्टी । प्यालेस्टाइन सहर गाजाको अवस्था नर्कभन्दा पनि खराब भएको अन्तर्राष्ट्रिय रेड क्रस कमिटी (आईसीआरसी)की अध्यक्ष मिरना स्पेलजरिकाले बताएकी छन् ।
देशहरूले यहाँको युद्ध समाप्त गर्न, प्यालेस्टिनियनहरूको पीडा अन्त्य गर्न र इजरायली बन्धकहरूलाई रिहा गर्न पर्याप्त कदम नउठेको उनले बताइन् । 'यहाँ मानवता पूर्ण रूपमा सकिएको छ,’ जिनेभामा रेडक्रसको मुख्यालयमा बीबीसीसँगको साक्षातकारमा उनले बताएकी बीबीसीले लेखेको छ ।

‘प्यालेस्तिनीहरूको मानवीय गरिमा खोसिएको छ र अन्तरराष्ट्रिय मानवीय कानुनलाई खोक्रो बनाउने काम भइरहेको छ । गाजामा जे भइरहेको छ, यसलाई कुनै पनि कानुनी, नैतिक र मानवीय मापदण्डबाट स्वीकार गर्न सकिँदैन,’ उनले भनिन् ।
आईसीआरसी एउटा अन्तर्राष्ट्रिय संगठन हो । यसले युद्ध क्षेत्रमा काम गर्दछ । गाजामा यसका १ हजार ३०० कर्मचारी छन् । तीमध्ये धेरै प्यालेस्टाइनवासी छन् । सोमबार गाजाको एउटा सहायता केन्द्रमा इजरायलले गरेको गोलीबारीमा कम्तीमा पनि २७ प्यालेस्टेनी मारिएको समाचार आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गोविन्द केसीको स्वास्थ्य कमजोर बन्दै, सरकारले थाल्यो संवादको पहल
-
सिँचाइमा प्रयोग हुने विद्युतको महसुल अनुदानमा रोक, कृषकलाई समस्या
-
‘हली’को ट्रेलरमा देश बनाउने र छाउप्रथाकाे कथा
-
गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर
-
घुमुवा प्रहरी हुँ भन्दै रकम असुल्ने एक व्यक्ति पक्राउ
-
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण