बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नायिका सुवेक्षा खड्कालाई प्रेमीले आफ्नो जन्मदिनमा राखे ‘फिल्मी शैली’ मा विवाहको प्रस्ताव

सोमबार, ११ पुस २०७९, १३ : ०४
सोमबार, ११ पुस २०७९

काठमाडौं । नायिका सुवेक्षा खड्कालाई प्रेमीले आफ्नो जन्मदिनमा विवाहको प्रस्ताव राखेका छन् ।  ‘मिस नेपाल इन्टरनेशनल २०१२’ तथा ‘वर्ल्ड मिस युनिभर्सिटी नेपाल २०१७’ विजेतासमेत रहेकी सुवेक्षालाई प्रेमी आश्वासन जोशीले फिल्मी शैलीमा घुँडा टेकेर आफ्नो जन्मदिनमा प्रस्ताव राखेका हुन् । 

केही समय अघिदेखि प्रेम सम्बन्धमा रहेका यो जोडीले अब छिट्टै सम्बन्धलाई विवाहमा परिणत गर्ने बताइएको छ ।  प्रेमी जोशीले आइतबार चितवनको बराही जंगल लञ्जमा खड्कालाई केही मानिसहरुको बीचमा विवाह प्रस्ताव राखेका हुन् ।

सुवेक्षाले निकै उत्साहित भएर प्रेमीले दिएको औँठी स्वीकार गरेकी छिन् । सुवेक्षाले विवाहको प्रस्तावको भिडियो र तस्बिर सेयर गर्दै लेखेकी छिन्, ‘खासमा उनको जन्मदिन थियो तर सरप्राइज मैले पाएँ ।’

उनका प्रेमी जोशी अमेरिकामा बस्दै आएका छन् । सुवेक्षा प्रेमीको जन्मदिन बनाउन केही दिनअघि चितवन पुगेको बताइन्छ । यो जोडीलाई थुप्रै सेलिब्रेटीले बधाई दिएका छन् । सुवेक्षाले फिल्म ‘रणवीर’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी हुन् । तर, फिल्म सफल हुन सकेन । त्यसपछि ‘प्रेमा’ मा काम गरेकी उनको यो फिल्म पनि आउन बाँकी रहेको छ । उनी धेरै जसो स्टेज कार्यक्रममा समेत व्यस्त रहन्छिन् ।

तस्बिरः सुवेक्षाको इन्स्टाग्रामबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप