कोभिड संक्रमण बढेपछि चीनले खोप कार्यक्रमलाई तीव्रता दिने
मङ्गलबार, १२ पुस २०७९, ०७ : १५
चीनमा कोभिड संक्रमणका घटनाहरु बढ्न थालेपछि बेइजिङले चाँडै नै आगामी दिनहरूमा सामुदायिक स्वास्थ्य केन्द्रहरूमा फाइजरको कोभिड–१९ औषधि प्याक्सलोभिड वितरण गर्ने भएको छ ।
देशका विभिन्न सहरले संक्रमणको अभूतपूर्व लहरको सामना गरिरहेका बेला सरकारले उक्त निर्णय गरेको हो । संक्रमणका घटना बढेपछि औषधि फार्मेसी र औषधि पसलमा औषधिको अभाव हुन थालेको छ ।
चाइना न्युज सर्भिसका अनुसार तालिम पाएपछि सामुदायिक चिकित्सकहरूले कोभिड–१९ का बिरामीलाई औषधि वितरण गर्ने र प्रयोग गर्ने तरिकाबारे जानकारी दिनेछन् ।
यसै महिनाको सुरुमा कोभिड प्रतिबन्ध हटाएपछि चीनमा संक्रमणका घटनामा तीब्र वृद्धि भएका छन् । एउटै शहरमा दैनिक लाखौँलाई संक्रमण हुन थालेको छ । यसैबीच, सरकारले विदेशीका लागि क्वारेन्टाइनमा बस्नु नपर्ने जनाएको छ । जनवरी ८ देखि यो नियम लागू हुने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व उच्च रक्तचाप दिवसको अवसरमा जनचेतनाका लागि नोवेलको प्रभातफेरी
-
‘दर्शन सलाम’का साहिमा र डेबिट उत्कृष्ट
-
अभ्यास खेलमा भोलक्यानोजसँग नेपाल ६७ रनले पराजित
-
नदीजन्य पदार्थको ठेक्का अधिकार स्थानीय तहबाट खोसेर वन कार्यालयलाई दिने तयारी
-
दोदा बगरमा सागसब्जी फलाएर आकर्षक आम्दानी गर्दै पाँच सय किसान
-
फेवातालको मापदण्ड घटाउन जग्गाधनीले दिए सर्वोच्चमा रिट