शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

इरानमा सरकारविरोधी प्रदर्शनको सय दिन पूरा

मङ्गलबार, १२ पुस २०७९, १० : ३९
मङ्गलबार, १२ पुस २०७९

इरानमा १९७९ इस्लामिक क्रान्तिपछिको सबैभन्दा लामो सरकारविरोधी प्रदर्शनले शासनलाई हल्लाएको छ तर जनताले भने ठूलो मूल्य चुकाउनु परेको छ । सरकारविरोधी प्रदर्शन १०० दिन पुगेको छ । प्रदर्शनका क्रममा ठूलो मानवीय क्षति भएको छ ।

प्रदर्शनका क्रममा ६९ बालबालिकासहित ५०० जनको मृत्यु भएको मानवअधिकार अभियन्ताको समाचार एजेन्सी (एचआरएएनए)ले जनाएको छ । दुई प्रदर्शनकारीलाई मृत्युदण्ड दिइएको छ र कम्तीमा २६ अन्यले उस्तै नियतिको सामना गरिरहेका छन्, जसलाई एम्नेस्टी इन्टरनेसनलले ‘लज्जस्पद मुद्दा’ भनेको छ ।

यद्यपि, यसअघि सन् २०१७ र सन् २०१९ मा भएका राष्ट्रव्यापी प्रदर्शनहरूले इरानमा यसअघि पनि प्रभाव पारेको तर  जारी प्रदर्शन अद्वितीय भएको बताइन्छ  किनभने  प्रदर्शनमा समाजका विभिन्न वर्ग र समुदायका मानिसहरू समावेश छन् । महिलाहरू ‘महिला, जीवन, र स्वतन्त्रता’ नाराअन्तर्गत प्रदर्शनमा देखिएका छन् । केही इरानी सेलिब्रेटीहरूले विरोध प्रदर्शनलाई समर्थन गर्न अपरिवर्तनीय कदमहरू चालेका छन्, जसले उनीहरूलाई गिरफ्तार वा निर्वासनमा पुर्याएको छ ।

प्रख्यात इरानी अभिनेत्री तरानेह अलिदुस्तीले एक युवा प्रदर्शनकारीलाई मृत्युदण्ड दिएकोमा निन्दा गरेपछि उनलाई कुख्यात इभिन जेलमा राखिएको छ । यसअघि, उनले अनिवार्य बुर्काबिनाको आफ्नो तस्बिर सार्वजनिक गरेकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप