केरुङ-रसुवागढी नाका दुईतर्फी खुल्यो
बुधबार, १३ पुस २०७९, १२ : २८
चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका केरुङ रसुवागढी नाका आजबाट दुईतर्फी सुचारु भएको छ । कोभिड–१९ संक्रमण अघिदेखि नै नेपालबाट चीनतर्फ नेपाली वस्तुको निर्यात ठप्प रहेकोमा आजबाट पुनः निर्यात सुरु भएको हो ।
आज नेपाली सामान भरिएका ६ कार्गो ट्रक बन्दरगाह हुँदै चीनतर्फ गएका छन्। तीन वर्षदेखि रसुवागढी नाकाबाट आयात मात्र हुँदै आएकोमा अब निर्यात पनि निरन्तर हुने अपेक्षा गरिएको छ ।
सुरुमा भाषाको समस्या देखाएर चिनियाँ पक्षले नेपालबाट हुने निर्यातअन्तर्गत खाद्य सामग्रीमा रोक लगाएको थियो । नेपाली भाषा र केही सामग्रीहरूमा अंग्रेजी भाषामा मात्र लेबलिङ गरिएको भन्दै चिनियाँ पक्षले सामग्री लैजान रोक लगाएको थियो ।
नेपालबाट चीनतर्फ खाद्य वस्तुमा मैदा, वनस्पति घिउ, चाउचाउ, पास्ता, बिस्कुट, जुस, जाम, चिउरा, कुचोलगायतका वस्तुहरू निर्यात हुँदै आएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण