बालक हत्यामा संलग्न भोम्जन पक्राउ
बालक हत्यामा संलग्न भएको भन्दै जिल्ला प्रहरी कार्यालय मकवानपुरले एक जनालाई पक्राउ गरि सार्वजनिक गरेको छ । गत सोमबार हेटौंडा उपमहानगरपालिक वडा नम्बर(१६ मा हात बाधेर रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका थियो । उक्त बालकको हत्या भएको ठहर गर्दै प्रहरीले प्रहरीले हेटौंडा-१६ बाबेडाँडाका ३८ वर्षीय आइत सिं भोम्जनलाई बालकको हत्यामा संलग्न भएको भन्दै पक्राउ गरि सार्वजनिक गरेको हो ।
भोम्जन सोही स्थानका मेघ बहादुर थिङका १२ वर्षीय छोरा मुस्कान भनिने सुजन थिङको हत्यामा संलग्न रहेको प्रहरी अनुसन्धानमा खुल्न आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले बताए ।
बालक घरबाट हराएको भन्दै खोजतलास गर्ने क्रममा आइतबार बिहान घरबाट अन्दाजी ३ सय मिटर पर जरुङ्गे सामुदायिक वनमा दुवै हात बाँधिएको अवस्थामा क्यामुनाको रुखमा झुण्डिएको अवस्थामा फेला परेका थिए । मुस्कानको हात बाँधिएको पाइएपछि प्रहरीले हत्या आशंकामा अनुसन्धान सुरु गरेको थियो । प्रहरीले बालकको हत्यामा संलग्न भएको हुनसक्ने अनुमानमा ७ जनालाई जिल्ला प्रहरी कार्यालयमा राखी सोधपुछ गरेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।
भोम्जनलाई मंगलबार शंकाका आधारमा सोधपुछको लागि प्रहरीले नियन्त्रणमा लिएको र सोधपुछका क्रममा भोम्जनले बालक थिङको हत्या आफूले गरेको स्विकार गरेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए । भोम्जनले बालकले आफूलाई जिस्काएको र उनीमाथी आक्रमण गर्दा संवेदनशील अंगमा लागेर मृत्यु भएको वयान दिएको प्रहरी नायव उपरीक्षक कार्कीको भनाइ छ ।
बालक मुस्कानको हत्यामा संलग्न भोम्जनलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १२ को ज्यान सम्बन्धी कसुरको दफा १७७ बमोजिम कसुर गरेकोले जन्मकैद सम्मको सजाय हुनेसक्ने प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
-
सुकुमबासीको व्यवस्थापनमा राज्य असक्षम देखियो : सचेतक धिताल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण