बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

बालक हत्यामा संलग्न भोम्जन पक्राउ

बिहीबार, १४ पुस २०७९, ०८ : ४०
बिहीबार, १४ पुस २०७९

बालक हत्यामा संलग्न भएको भन्दै जिल्ला प्रहरी कार्यालय मकवानपुरले एक जनालाई पक्राउ गरि सार्वजनिक गरेको छ । गत सोमबार हेटौंडा उपमहानगरपालिक वडा नम्बर(१६ मा हात बाधेर रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका थियो । उक्त बालकको हत्या भएको ठहर गर्दै प्रहरीले प्रहरीले हेटौंडा-१६ बाबेडाँडाका ३८ वर्षीय आइत सिं भोम्जनलाई बालकको हत्यामा संलग्न भएको भन्दै पक्राउ गरि सार्वजनिक गरेको हो । 

भोम्जन सोही स्थानका मेघ बहादुर थिङका १२ वर्षीय छोरा मुस्कान भनिने सुजन थिङको हत्यामा संलग्न रहेको प्रहरी अनुसन्धानमा खुल्न आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले बताए । 

बालक घरबाट हराएको भन्दै खोजतलास गर्ने क्रममा आइतबार बिहान घरबाट अन्दाजी ३ सय मिटर पर जरुङ्गे सामुदायिक वनमा दुवै हात बाँधिएको अवस्थामा क्यामुनाको रुखमा झुण्डिएको अवस्थामा फेला परेका थिए । मुस्कानको हात बाँधिएको पाइएपछि प्रहरीले हत्या आशंकामा अनुसन्धान सुरु गरेको थियो । प्रहरीले बालकको हत्यामा संलग्न भएको हुनसक्ने अनुमानमा ७ जनालाई जिल्ला प्रहरी कार्यालयमा राखी सोधपुछ गरेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए । 

भोम्जनलाई मंगलबार शंकाका आधारमा सोधपुछको लागि प्रहरीले नियन्त्रणमा लिएको र सोधपुछका क्रममा भोम्जनले बालक थिङको हत्या आफूले गरेको स्विकार गरेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए । भोम्जनले बालकले आफूलाई जिस्काएको र उनीमाथी आक्रमण गर्दा संवेदनशील अंगमा लागेर मृत्यु भएको वयान दिएको प्रहरी नायव उपरीक्षक कार्कीको भनाइ छ । 

बालक मुस्कानको हत्यामा संलग्न भोम्जनलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १२ को ज्यान सम्बन्धी कसुरको दफा १७७ बमोजिम कसुर गरेकोले जन्मकैद सम्मको सजाय हुनेसक्ने प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप