इजरायलको प्रधानमन्त्रीमा नेतान्याहुले लिए शपथ
शनिबार, १६ पुस २०७९, ०९ : १८
इजरायलमा बेन्जामिन नेतान्याहुले देशको प्रधानमन्त्रीको रूपमा शपथ लिएका छन् । संसदमा भएको मतदानपछि नेतान्याहुले इजरायलको प्रधानमन्त्रीको शपथ लिएका हुन् ।
नेतान्याहुले आफ्नो नयाँ सरकारलाई अनुमोदन गरेपछि केही मिनेटमा शपथ लिएका थिए । संसदका १२० सदस्यमध्ये ६३ ले नेतान्याहुको पक्षमा मतदान गरे । दक्षिणपन्थी पार्टीको गठबन्धनमा नेतान्याहु तेस्रो पटक प्रधानमन्त्री बनेका हुन् ।
नेतान्याहुमाथि आर्थिक अनियमितताको आरोप लाग्दै आएको छ । इजरायलमा चार वर्षमा पाँचौ पटक निर्वाचन भएको थियो । तर, निर्वाचनमा कुनै पनि पार्टीले बहुमत ल्याउन सकेनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफको समाप्तिसम्म ब्राजिलविरुद्ध जापानको १–० को अग्रता
-
जापानद्वारा ब्राजिलविरुद्ध १–० को सुरुवाती अग्रता, २९औँ मिनेटमा काइशु सानोको गोल
-
घट्दै रोपाइँको क्षेत्रफल
-
ट्रम्प लज्जास्पद रूपमा असफल : बाइडेन
-
यू–२० राष्ट्रिय रग्बी: महिलातर्फ बागमती र कोशी फाइनलमा, पुरुषतर्फको सेमिफाइनल समीकरण पूरा
-
मौलाकालिका जलविद्युत आयोजनाको भौतिक प्रगति ३० प्रतिशत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण