शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

तुवाँलोले ढाकियो काठमाडौँ

शनिबार, १६ पुस २०७९, १३ : ०९
शनिबार, १६ पुस २०७९

केही दिनयता देशभर तापक्रम घटेसँगै जनजीवन कष्टकर बन्दै गएको छ । कचौरा जस्तो भूधरातल भएको काठमाडौँमा शनिवारको तापमान न्यूनतम ५ डिग्री र अधिकतम १५ डिग्री हुने मौसम पूर्वानुमान गरिएको छ । 

मानिसहरुले चिसो बढेको अनुभव गरिरहँदा वायु प्रदूषण पनि बढ्दै गएको छ । शनिवार बिहानको तथ्याङ्क अनुसार काठमाडौँको वायुमण्डलको एअर क्वालिटी इन्डेक्स १६६ रहेको छ । शुक्रवार पनि काठमाडौँको एक्युआइ (एअर क्वालिटी एन्डेक्स) १६० भन्दा माथि नै अर्थात् काठमाडौँको वायुमण्डल अस्वस्थकर भएको छ । तापक्रम घटेसँगै वायुमण्डलमा रहेका फोहोरका कण जमिनी सतहमा आउने भएकाले यो जाडो मौसममा प्रदूषण बढी हुने गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप