सोमबार, २९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जाडोमा सुन्ताला खानुका १२ फाइदा

आइतबार, ०५ पुस २०७२, १४ : ३१
आइतबार, ०५ पुस २०७२

भिटामिन सी ले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन महत्वपूर्ण भूमिका खेल्छ । लामो समय स्वस्थ रहन राम्रो डाइटसँगै फलफूल खान पनि जरुरी छ । खासगरी त्यस्ता फल जसमा जुस बढी हुन्छ । जाडोमा पानीको सेवन कम हुदाँ यस्ता फलफूल खाएर सन्तुलन कायम राख्न सकिन्छ । यस्ता फलफूलमध्ये सुन्तला एक हो जसले १३ वटा रोगको प्रभाव कम गर्छ ।

१ अल्सर सुन्तला खानले पेटमा रहेको अल्सरको संक्रमण कम हुन्छ २ इम्युनिटी पावर सुन्तला सेवनले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । ३ आँखा सन्तुलामा रहेको भिटामिन हाम्रो आखाँका लागि फाइदाजनक हुन्छ । ४ कोलेस्टल सन्तुलामा रहेको फाइबरले कोलेस्टललाई सन्तुलनमा राख्न भूमिका खेल्छ । ५ मोटोपन वजन कम गर्नका लागि सुन्तलना सेवन निकै राम्रो उपाय हो । ६ कफ कफले गाह्रो भएको छ भने सुन्तला खानुहोस् । यसले कफ निकाल्छ ७ कब्जियत सुन्तला खानले पेटको कब्जियतबाट चाडैँ मुक्ती पाइन्छ । ८ थकान थकाई लागेका बेला सुन्तलाको जुस खानुहोस् । तपाई तत्कालै सहज महसुस गर्नुहुनेछ । ९ किड्नी सुन्तलाले किड्नी र पिसाबसँग सम्बन्धि रोगहरु निर्मूल पार्न भूमिका खेल्छ । १० दाँतको रोग दाँत वा गिजामा देखिएका रोगहरु सुन्तला सेवनले हट्छन् । ११ ग्याँस पेटमा ग्याँस जम्मा भएर असहज महसूस भएका बेला सुन्तलाको जुस खानुहोस् । १२ अनुहारको सुन्दरता सुन्तलाको बोक्रालाई सुखाएर पिध्नुहोस् र पाउडर बनाउनुहोस् । यस पाउडरलाई गुलाब जल वा दुधसँग मिसाएर लगाउँदा अनुहारको रंग सफा हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप