सोमबार, २९ असार २०८३
ताजा लोकप्रिय
फोटो फिचर

निहारिका गेटमै धर्ना बसेपछि सिंहदरबारमा जे देखियो, तस्बिरहरू

सोमबार, २९ असार २०८३, १५ : ०२
सोमबार, २९ असार २०८३

काठमाडौँ । सिंहदरबारको दक्षिण गेटमा धर्नामा बसेकी निहारिका सिंह राजपूतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनी यसरी धर्ना बसेपछि सिंहदरबारमा सुरक्षा संयन्त्रमा केहीबेर हलचल नै मच्चियो । 

गृह मन्त्रालयमा आफ्ना समस्या राख्न सिंहदरबार प्रवेश गर्न पुगेकी निहारिका र बिनु कठायतलाई मापदण्डअनुसारको प्रवेश पास नभएको भन्दै प्रहरीले गेटमै रोकेको थियो। त्यसपछि दुवै जना वर्षामा भिज्दै गेटमै धर्नामा बसेका थिए।

धर्नापछि प्रहरीले आवश्यक समन्वयका लागि दुवै जनालाई नियन्त्रणमा लिएर प्रहरी वृत्त सिंहदरबार पठाएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

निहारिकाको माग आफूलाई गृह मन्त्रालयमा पुगेर आफ्ना समस्या राख्न दिनुपर्ने रहेको छ।

niharika (1)niharika (2)niharika (3)niharika (4)niharika (5)niharika (6)niharika (7)niharika (8)niharika (9)niharika (10)niharika (11)niharika (12)niharika (13)niharika (14)niharika (15)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप