सोमबार, २९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सुरक्षित गर्भपतनसम्बन्धी ६२ प्रतिशतलाई जानकारी नै छैन

सोमबार, ०४ माघ २०७२, ११ : ५०
सोमबार, ०४ माघ २०७२

काठमाडौँ–सुरक्षित गर्भपतनसम्बन्धी ६२ प्रतिशत महिलालाई यसबारे अझै जानकारी नभएको बताइएको छ ।

एसिया सेफ एबोर्सन पाटर्नरसिप(एसप), युथ च्याम्पियन एड्भोकेसी नेटवर्क (युथ क्यान) र मिडिया एड्भोकेसी ग्रुप (म्याग) को संयुक्त आयोजनामा आज यहाँ भएको कार्यक्रममा नेपालमा सन् २००२ देखि नै सुरक्षित गर्भपतनसम्बन्धी सेवा दिन सुरु गरेपनि यसबारे पर्याप्त जानकारी नभएको बताइएको हो ।

सुरक्षित गर्भपतनसम्बन्धी लामो समयदेखि अध्ययन, अनुसन्धान तथा कार्यक्रम गर्दै आइरहेको कृपा संस्थाका निर्देशन आनन्द तामाङले संस्थाले गरेको अध्ययनअनुसार नेपालका कास्की, तनहुँ, काभ्रे, भक्तपुरलगायत १३ जिल्लामा बढी गर्भपतन हुने गरेको जानकारी दिँदै औषधिद्वारा गरिने गर्भपतनमा नदुख्ने औषधिको अनुसन्धान विभिन्न मुलुकमा भइरहेकाले अब छिट्टै नै पीडादायक गर्भपतनबाट महिलाले राहत पाउने विश्वास व्यक्त गरे ।

विभिन्न संस्कार, सामाजिक परम्पराका कारण महिलाले असुरक्षित गर्भपतन गर्न बाध्य हुने भएकाले यसको रोकथामका लागि छोरी जन्माउने आमालाई सरकारले नै आयआर्जनका कार्यक्रम ल्याउन जरुरी रहेको उनले औँल्याए ।

म्यागका अध्यक्ष बबिता बस्नेतले महिलाको यौन तथा प्रजनन् अधिकार स्थापित नभएसम्म दिगो विकास लक्ष्य पूरा हुन नसक्ने भन्दै यसका लागि महिलालाई सुरक्षित गर्भपतनको अधिकार प्राप्तिमा मिडियाको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुने बताए ।

कार्यक्रममा युथ क्यानका संयोजक स्मृति थापाले गर्भपतनलाई महिलाको यौन तथा प्रजनन स्वास्थ्य अधिकारको रुपमा उल्लेख गरिनुपर्ने र सोहीअनुसार उनीहरुको पहुँच पु¥याउनुपर्नेमा जोड दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप