बन्यो ज्येष्ठ नागरिक मिलन केन्द्र
सोमबार, ०४ माघ २०७२, १६ : ४४
पोखरा –पोखराको विन्ध्यवासिनी क्षेत्र परिसरमा ज्येष्ठ नागरिक मिलन केन्द्र निर्माण गरिएको छ । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिद्धारा सो भवन निर्माण गरिएको हो ।
सो भवनमा ५ वटा कोठा रहेका छन । भवनमा ३० जना नागरिक वस्न सक्ने क्षमता रहेको विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले जनाएको छ ।
समितिले ७० वर्षका वृद्धवृद्धालाई लक्षित गर्दै निर्माण गरेको सो मिलन केन्द्रं संञ्चालन गर्न मासिक १ लाख ५० हजार खर्च आउने जनाएको छ ।
केन्द्रमा हालसम्म २० जना वढी ज्येष्ठ नागरिक सेवा लिनको लागि सम्पर्कमा आएको समितिका सदस्य कृष्णमोहन श्रेष्ठले जानकारी दिएका छन् ।
सो केन्द्रमा पुग्ने वृद्धावृद्धलाई खाजाको व्यवस्था सहित विभिन्न मनोरञ्जन मुलक सामाग्री र खाजाको समेत व्यवस्था समितिले गरेको जनाएको छ ।
नेपाल सरकारका मुख्य सचिव डा सोमलाल सुवेदीले ज्येष्ठ नागरिकलाई घर परिवारवाटै मया ममता गर्नु पर्ने वताएका छन् ।
विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिद्धारा निर्मित ज्येष्ठ नागरिक मिलन केन्द्रको सोमवार पोखरामा उद्घाटन गर्दै मुख्य सचिव सुवेदीले सो कुरा वताएका हुन् ।
उनले मानिस वृद्ध हुदै गएपछि घर परिवार र समाजवाट तिरस्कृत हुनु पर्ने अवस्था आएको वताउँदै वृद्ध नागरिकलाई माया गर्ने स्थलको खाँचो रहेको वताए ।
उनले विन्ध्यवासिनी क्षेत्रमा निर्माण गरिएको ज्येष्ठ नागरिक मिलन केन्द्रले यो क्षेत्रका ज्येष्ठ नागरिककोलागि सारथी वन्ने वताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेकपा मोरङको एकता भेला, ७९९ सदस्यीय जिल्ला कमिटी गठन
-
आँधीको खतरा बढेपछि चीनमा २० हजारभन्दा बढी मानिस स्थानान्तरण, रेल सेवा स्थगित
-
राजीनामा दिँदै कँडेलले भने : बाहिरबाट कर्णाली जति सुन्दर छ, भित्र त्यति छैन (पूर्णपाठ)
-
यमन द्वन्द्वको ‘कुनै सैन्य समाधान छैन’ : इरानी विदेशमन्त्री
-
शिक्षा सचिव पौडेलद्वारा डा. केसीसँग अनौपचारिक संवाद
-
दुध अभावमा तीन महिनादेखि चितवन मिल्क बन्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण