सोना सिमेन्ट गुणस्तरहिन, घरहरु धमाधम भत्काउन थालियो
दाङ–दाङको दुधरासमा रहेको सोनापुर सिमेन्ट उद्योगले उत्पादन गर्ने ओपिसी सोना सिमेन्ट गुणस्तरहिन भएको पाइएको छ । सिमेन्ट गुणस्तरहिन भएको पाइएपछि निर्माण गरिएका घरहरु धमाधम भत्काइएको छ । घरका ढलान सेट नभएपछी दाङको तुलसीपुर र घोराहीमा सोना सिमेन्ट प्रयोग गरि निर्माण गरेका घर घरहरु भत्काइएको हो ।
तुलसीपुरको नयां बसपार्कमा घर बनाइरहेका भागिराम डांगीले सोना सिमेन्ट प्रयोग गरी गरिएको घरको ढलान दुई दिन सम्मपनि सेट नभएपछी ढलान भत्काएर पुर्ननिर्माण थालिएको बताए ।
गत पुस १५ गते गरिएको डागीको घरको ढलान १७ गते सम्म सेट (जाम) नभए पछि पाँच कोठे नवनिर्मीत घरमा गरिएको ढलान फोडेर पुर्ननिर्माण गरिएको थियो । ‘ धेरै ठाउमा ढलान भत्किएपछि पुरै ढलान भत्काइएको छ’ डाँगीले भने । यस्तै डांगीको घर निर्माणमा संलग्न रामशरण चौधरीले पनि सोना सिमेन्टले गरिएको ढलान सफल नभएकाले भत्काउनु परेको प्रतिक्रिया दिए । उनले भने,‘सोना सिमेन्ट हालेर ढलान गरेका थियौं । तर,सेट भएन । फर्मा खोल्दा पानी सहित गिट्टी बालुवा र सिमेन्ट भ्वाक्क– भ्वाक्क खस्यो । ढलानले पानी नै सोसेन । अनि पुरै ढलान फोड्नु प¥यो ।’ डांगीले सोना सिमेन्ट प्रयोग गरी बनाएको आफ्नो घर गुणस्तरहिन सिमेन्ट परेका कारण भत्काएर फेरी बनाउनु परेको बताए ।
तुलसीपुर उद्योग बाणिज्य संघ नजिकै बसन्त खड्काको सोना सिमेन्ट प्रयोग गरी निर्माणाधिन घरको पनि ढलान पनि भागिराम डांगीको जस्तै गरी भत्कीएको छ । खड्काले सोना सिमेन्टले काम नगरेपछी ढलान भत्काएर सगरमाथा सिमेन्ट प्रयोग गरेको बताए । यद्यपी उनले सोनापुर सिमेन्ट उद्योगले आफूलाई क्षतीपूर्ती दिएको जानकारी दिए । खड्काले क्षतीपूर्ती बापत पाएको रकम भने खुलाएनन् । सोना सिमेन्ट पीडीत सबै घर धनिले सिमेन्ट गुणस्तरहिन भएको कुरा सोनाको तुलसीपुरस्थित डिलरमा जानकारी गराएका थिए । सिमेन्ट गुणस्तरहिन भएको कुरा सार्वजनिक भएपछी उद्योगमा हल्लीखल्ली मच्चिएको थियो ।
सिमेन्ट गुणस्तरहिन भएको कुरा सार्वजनिक हुन नदिन उद्योगले सोना सिमेन्ट पीडीतहरुलाई मोटो रकम दिएको छ । सिमेन्ट उद्योगका नायब महाप्रबन्धक रेवन्त ढकालले सोना सिमेन्टले ढलान सेट नभएपछी पीडीतलाई लागत मूल्यभन्दा ५ गुणा भन्दा बढी रकम उद्योगले क्षतीपूर्ती दिएको स्वीकार गरे । उनले तुलसीपुर र घोराहीमा सोना सिमेन्ट प्रयोग गरेका घरमा समस्या आएकाले धेरै रकम तिर्नु परेको बताए । ढकालले सिमेन्ट गुणस्तरहिन भएको स्वीकार्दै सकेसम्म यस्तो कुरा सार्वजनिक नगरिदिन आग्रह गरे । ठुलो मात्रामा सिमेन्ट किनेकालाई उद्योगले क्षतीपूर्ती दिए पनि थोरै खदि गरेकालाई भने बेवास्ता गरेको पाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यसरी बाहिरिएको थियो त्रिवि एमबीएसको प्रश्नपत्र
-
लुम्बिनीमा सत्ता फेरबदल : कांग्रेस बाहिरिँदै, बजेट संशोधन गर्ने नेकपाको अडान
-
हिमालयन १०० एडिसन–३ चेसको उपाधि सन्देशलाई
-
अन्तर्राष्ट्रिय कराते पदक विजेता दिया र दीक्षालाई एक्सटेप नेपालको सम्मान
-
तीन बुँदे सहमतिले नेकपालाई सरकार बनाउन सहज, एमालेलाई असहज !
-
परीक्षा सुरु भएको ६ मिनेटमै त्रिवि एमबीएसको प्रश्नपत्र बाहिरियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण