मन्त्री ढकाल क्रिष्चियन धर्मको प्रचारमाः मन्त्री पदबाट बर्खास्त गर्न माग
बिहीबार, २१ माघ २०७२, १८ : १५
काठमाडौं–शान्तिमन्त्री एकनाथ ढकालले क्रिष्चियन धर्मको प्रचारका लागि आफ्नो निजी एनजिओ युनिभर्सल पिस फेडेरेसनको तर्फबाट सांसदसहित २० जनाको टोली दक्षिण कोरियाको भ्रमणमा लैजान खोजेको भन्दै हिन्दु युवा जनशक्ति संघ, नेपालले विरोध गरेको छ ।
संघले बिहिबार एक विज्ञप्ती जारी गर्दै भनेको छ, ‘ नेपाल सरकारका मन्त्री ढकालले सांसदहरूको टोलीलाई विशुद्ध रूपमा क्रिस्चियन धर्मको प्रचार एवं प्रवद्र्धन गर्ने उद्देश्यले विदेश लैजान खोजेको योजना अत्यन्तै निन्दनीय, गैरजिम्मेवार र दण्डनीय रहेको र मन्त्री ढकालको यसप्रकारको हर्कतप्रति संघ घोर आपत्ति प्रकट गर्दछ ।’
संघले यसअघि पनि ढकालले क्रिष्चियन धर्मको प्रचार प्रसारका लागि देशका विभिन्न नेताहरूलाई विदेश भ्रमण गराउन खोजेको, मन्त्रालयमै क्रिष्चियन धर्म गुरुहरुसँग गोप्य भेटभाट गर्ने गरेको र मन्त्रालयको काम कारबाही भन्दा पनि हिन्दु धर्मावलम्बीको धर्म परिवर्तन गराउन क्रिष्चियन धर्मको प्रचारमा सक्रिय रहेको आरोप लगाएको छ ।
संघले मन्त्री ढकाललाई बर्खास्त गरि कडाभन्दा कडा कारबाही गर्न माग समेत गरेको छ ।
संघका अध्यक्ष विकास ठाकुरले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘मन्त्री पदमा बहाल रहेकै बेला क्रिस्चियन धर्मका अनुयायी मन्त्री ढकालले यसरी क्रिष्चियन धर्मको खुलेर प्रचारमा लाग्नु गैरकानूनी तथा दण्डनीय कार्य भएकोले ढकाललाई तत्काल मन्त्री पदबाट बर्खास्त गरी कडा कारबाही गर्न नेपाल सरकारसँग संघ जोडदार माग गर्दछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण