शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

नगरलाई कुरुप बनाउदै गैडाकोटबासी

बिहीबार, २१ माघ २०७२, १५ : ४५
बिहीबार, २१ माघ २०७२
चितवन–गैंडाकोट क्षेत्रमा सहरीकरण बढेसंगै सडकमा निर्माण सामाग्री राखेर बाटो अवरुद्ध बनाउने क्रम समेत बढेको छ । गैडाकोटका बिभिन्न क्षेत्रमा सडक मिचेर निमार्ण सामाग्री थुर्पादा सर्वसाधारण तथा सवारी साधनलाई आवत जावतमा समस्या सृजना भएको छ । भवन निमार्ण कक्ताहरुले निमार्णकालागि आवस्यक सम्पुर्ण निमार्ण सामाग्री सडकै ढाक्ने गरिबीच सडकमा राखेका कारण बाटो हिड्न समेत समस्या सृजना भएको गैडाकोट कालिगण्डकी चोकका मिलन थापाले बताए । महिनौ सम्म बाटोमा ढुगां, गिटी, बालुवा तथा रड राखेर बाटो अवरुद्ध गर्दा बाटो आवत जावतमा समस्या सृजना हुनका साथै बाटो समेत भत्कने र दुघटना बढने सम्भावना रहेको गैडाकोटका अगुवाहरु बताउछन् । गैडाकोटको सहज सामुदायीक अस्पतालको गेटै अगाढी बिच सडकमा निमार्ण सामाग्री थुपार्दा अस्पतालमा आउने एम्वुलेन्स , बटुवा र अन्य सवारी साधनलाई समेत समस्या सृजना भएको छ । त्यस्तै अन्यत्र थुप्रै ठाउमा बाटोनै ढाक्ने गरि निमार्ण सामाग्री राखिएका छन् । भवन निमार्ण कक्र्ताले निमार्ण सामाग्री राख्ने अन्यत्र स्थानहुदाहुदै पनि बाटोमानै लगेर थुपार्ने काम गरेकाले समस्या सृजना भएको उद्योग बाडिज्य संघ गैडाकोटका उपाध्यक्ष दिपक सापकोटा बताउछन् । स्थानिय स्थरको बिकास र नियमित निगरानीका लागी टोल सुधार संस्थाको गठन भएको भएपनि टोल सुधार संस्थाले समेत कुनै चासो नदिदा घर धनिले मनोमानी गर्ने गरेको पाईएको छ । नगर बिकास र सरसफाईका लागी नगरपालिकाले हस्तक्षेप कारी भुमिका निवाह गर्न गर्न नसक्दा गैडाकोट प्रदुसित र कुरुप बन्दै जान थालेको गैडाकोटका शिव सिग्देलले बताए । गैडाकोटमा नक्सा पास नगराई कनै दुई तिन तला भवन निमार्ण गर्ने मनोमानि तवरले बाटोनै ढाक्ने गरि निमार्ण सामाग्री राख्ने फोहोर जताततै फाल्ने काम दिनानु दिन बढदै गएको सिग्देल बताउछन् । बाटोमा निमार्ण सामाग्री थुपार्नेहरुको निमार्ण सामाग्री जफत गर्नु पर्ने र नक्सा पास नगरिकन घर बनाउनेहरुको निमार्ण कार्यमा रोक लगाउनु पर्ने उनि बताउछन् । यता नगरपालिकाका कार्यकारी अधिकृत बद्रि तिवारीले निमार्ण सामाग्रीको सम्वन्धमा आफुले उद्योग बाडिज्य संघलाई पटक पटक जानकारी गराएर समन्वय गर्न आग्रह गरिरहेको बताए । सीमित जनशंक्तिका कारण नियमित निगरानी हुन नसक्दा समस्या सृजना भएको बताउदै उनले उद्योग बाडिज्य संघको समन्वयमा तत्कालै अनुगमन गरि नियम बिपरीत काम गर्नेलाई कारबाहि गरिने बताए । आचार संहिता अनुरुप भवन निमार्ण गर्न आग्रह गर्दै उनले नगरपालिकालाई बालमैत्रि र सुन्दर नमुना नगर पालिका बनाउने आफनो अभियानमा सहयोर्ग गर्न सबैलाई आग्रह समेत गरेका छन् । नगरपालिकाले बिभिन्न ठाउमा बालमैत्रि पार्क,उज्यालो गैडाकोट अन्त्रगत राजमार्ग र भित्रि सडकमा सोलर बत्ति जडान , सरसफाईका लागी गाउ जागरण अभियान सुरु गरेको उनले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप