जियोनिले प्रतिक्षित एम फाइभ लाइट फोन नेपालमा ल्याउँदै
काठमाडौं–जियोनिले चाँडै नै ठूलो ब्याट्री रहने म्याराथन सिरिजको सबै भन्दा नयाँ फोन, एम फाइभ लाइट नेपालमा ल्याउने भएको छ । एम फाइभ लाइटमा पूर्ण मेटालिक, अल्ट्रा स्लिम युनिबडीमा ५“ को एच डि स्क्रिन रहेको छ । फोनमा ८ मेगापिक्सेलको रियर क्यामेरा र ५ मेगापिक्सेलको फ्रन्ट क्यामेरा रहेको छ । फोनमा १.३ गिगाहर्जको क्वाड–कोर प्रोसेसर छ । फोनको सबैभन्दा आकर्षक पक्ष भनेको यसको ४००० एम ए एच को ब्याट्री हो, जुन साधारण फोनको ब्याट्री भन्दा दुई गुना बढी क्षमताको छ । यो फोनको अर्को आकर्षक पक्ष चाँहि यसको ३ जि बि ¥याम र ३२ जी बि रोम (कार्डबाट १२८ जी बि थप्न सकिने) जुन केवल रु. १९,९९९ को आकर्षक मूल्यमा उपलब्ध हुनेछ । फोनमा जियोनिको आफ्नै सफ्टवेर अमिगो ३.१ हुनेछ जुन एन्ड्रोइड ५.१ मा आधारित छ । एम फाइभ लाइटले एकै समयमा रिभर्स ओ टि जी प्रविधि मार्फत दुई अन्य फोन चार्ज गर्न सक्दछ । एम फाइभ लाइट “श्याम्पेन गोल्डेन“ रंगमा उपलब्ध हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण