के हो मन्त्री ढकालको ‘धन्दा’ ? तनावमा दूताबास
सोल–शान्तीमन्त्री एकनाथ ढकालद्वारा क्रिश्चियन धर्म प्रचारका लागी ५० जना भन्दा बढी नेपालीलाई कोरिया ल्याउँदै छन् । यसअघि पनि धेरै पटक धर्म प्रचारका लागी नेपालीहरू यहाँ ल्याउने र छोड्ने गरेका मन्त्री ढकालले यस पटक पनि कयौं नेपालीहरूलाई कोरिया ल्याएर छाड्न लागेको बताइएको छ ।
क्रिष्चियन धर्मको प्रचारका लागि उनि आवद्द एनजिओ युनिभर्सल पिस फेडेरेसनको तर्फबाट २० जना सांसद सहित अन्य नेपालीहरू यहाँ आउन लागेका थिए । तर २० जना सांसदको जम्बो टोली कोरिया लाने उनको प्रस्ताव भने मन्त्रीपरिषदले अस्विकार गरेको छ । तर उनले अन्य नेपालीहरू भने ल्याउने प्रयास भने जारी राखेका छन् । काठमाण्डौ स्थित कोरियन दुतावास स्रोतका अनुसार केहिको भिषा लागिसकेको छ । मन्त्रीले ढकालले नेपाल स्थित कोरियन दुतावासबाट भिषा लगाउन कोरियाका ठुला चर्चहरूबाट ‘प्रेसर’दिएको नेपाल स्थित कोरियन दुतावास स्रोतले रातोपाटीलाई बतायो । अनावश्यक दवाबका कारण कोरियन दुतावासका अधिकारीहरू समेत निकै तनावमा रहेको स्रोतले बतायो । यता नेपालबाटै फोन गरेर मन्त्री ढकालले ‘धेरै नेपालीहरू आउंदै गरेको’ भन्दै सोल स्थित नेपाली दुतावासलाई गाडीको व्यवस्था गर्न दवाब दिएको दुतावास स्रोतले बताएको छ । तर परराष्ट्र मन्त्रालयको पत्र बिना गाडीको व्यवस्था गर्न नसक्ने जवाफ मन्त्रीलाई दिएको दुतावासका एक अधिकारीले बताए ।
ढकालको ‘धन्दा’
क्रिश्चियन धर्मका प्रचारक उनि युनिभर्सल पिस फेडेरेसनमा आवद्द छन् । जसको काम क्रिश्चियन धर्मको प्रचार गर्नु हो । नेपाल परिवार दलका अध्यक्ष समेत रहेका ढकाल क्रिश्चयनहरूको पैसाको बलमा पटक पटक मन्त्री हुंदै आएका छन् । उनले मोटो रकम प्रधानमन्त्री केपी ओलीलाई बुझाएर मन्त्री बनेको समेत आरोप लाग्दै आएको छ । ढकाल पदमा रहंदा होस् या नरहंदा उनले कोरियामा मानिस ल्याउने र छाड्ने गर्छन् । नेपालका राजनैतिक दलका नेता ,उच्च पदस्त कर्मचारी ,पत्रकार लगायतलाई कोरिया घुमाएर आफ्नो स्वार्थ पुर्ती गर्दै आएका उनले केहि बर्ष अघि अर्थात् (अक्टोबर ७ ,२०१० )मा पूर्वउपराष्ट्रपती परमानन्द झालाई समेत कोरिया ल्याएका थिए । त्यति बेला उपराष्ट्रपती झाको समेत निकै आलोचना भएको थियो । सबै भन्दा चिन्ताको बिषय यो छ की उनले ल्याउने नेपालीहरू कोरियामा ‘माग्ने’काममा सक्रिय छन् । नेपालको बिभिन्न समस्या देखाएर सडकमा नेपालीहरूलाई माग्न लगाएर रकम जम्मा गर्ने उनको पुरानो धन्दा हो । उनले यसरी माग्न लगाएका केहिलाई त कोरियामा रहेका नेपालीहरूले नै पक्राऊ गरेका थिए । सोल स्थित नेपाली दितावासले पनि यस्ता हर्कत नगर्न सचेत गराउंदै आएको थियो । राजदूत कमान सिंहलामाले त ढकालले मान्छे ल्याएर छाड्ने गरेको सार्वजानिक अभिव्यक्ती नै दिएका थिए । राजदूत लामाले यसरी सार्वजानिक अभिव्यक्ती दिनथाले पछि उनले सम्बन्ध राम्रो बनाउन कोरिया आउंदा राजदूत लामाकै घरमै आएर भेट्ने र बस्ने गरेको स्रोतको दावी छ ।
कोरियामा नेपालको बेइज्जत गर्दै आएका उनी पैसाकै भरमा पटक पटक पुरस्कृत हुंदै आएका छन् । उता यसरी नेपालको बेईज्वत गर्दै धर्म प्रचारका लागी नेपालीहरू कोरिया लान लागेकोमा हिन्दु युवा जनशक्ति संघ, नेपालले विरोध गरेको छ । संघले बिहिबार एक विज्ञप्ती जारी गर्दै भनेको छ, ‘ नेपाल सरकारका मन्त्री ढकालले सांसदहरूको टोलीलाई विशुद्ध रूपमा क्रिस्चियनधर्मको प्रचार एवं प्रवद्र्धन गर्ने उद्देश्यले विदेश लैजान खोजेको योजना अत्यन्तै निन्दनीय, गैरजिम्मेवार र दण्डनीय रहेको र मन्त्री ढकालको यसप्रकारको हर्कतप्रति संघ घोर आपत्ति प्रकट गर्दछ ।’
संघले यसअघि पनि ढकालले क्रिष्चियन धर्मको प्रचार प्रसारका लागि देशका विभिन्न नेताहरूलाई विदेश भ्रमण गराउन खोजेको, मन्त्रालयमै क्रिष्चियन धर्म गुरुहरुसँग गोप्य भेटभाट गर्ने गरेको र मन्त्रालयको काम कारबाही भन्दा पनि हिन्दु धर्मावलम्बीको धर्म परिवर्तन गराउन क्रिष्चियन धर्मको प्रचारमा सक्रिय रहेको आरोप लगाएको छ ।
संघले मन्त्री ढकाललाई बर्खास्त गरि कडाभन्दा कडा कारबाही गर्न माग समेत गरेको छ ।
संघका अध्यक्ष विकास ठाकुरले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘मन्त्री पदमा बहाल रहेकै बेला क्रिस्चियन धर्मका अनुयायी मन्त्री ढकालले यसरी क्रिष्चियन धर्मको खुलेर प्रचारमा लाग्नु गैरकानूनी तथा दण्डनीय कार्य भएकोले ढकाललाई तत्काल मन्त्री पदबाट बर्खास्त गरी कडा कारबाही गर्न नेपाल सरकारसँग संघ जोडदार माग गर्दछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण