हतकडीसहित भागेका दलाल ९ वर्षपछि समातिए
नुवाकोट–मानव बेचविखनको अभियोगमा ९ वर्षअघि पक्राऊ परेर हतकडीसहित भागेका युवकलाई नुवाकोट प्रहरीले लामो समयपछि पक्राऊ गर्न सफल भएको छ । मानवबेचविखन मुद्दामा कैद ठहरिएका नुवाकोट दाङसिंह –५ का लालबहादुर तामाङलाई नुवाकोट प्रहरीले बिहिवार बिहान उनकै घरबाट पक्राउ गरेको हो । ९ वर्षअघि दुई किशोरीलाई भारतको वेश्यालयमा देहवयापारका लागि विक्री गर्न लैजादै गर्दा पर्सामा उनलाई प्रहरीले पक्राऊ गरेको थियो । तर, त्यसबेला कारबाहीको लागि नुवाकोट ल्याउदै गर्दा बट्टारबाट प्रहरीलाई नै छक्याएर लालबहादुर हतकडीसहित भागेका थिए । ३८ वर्षका उनै तामाङले दाङसिङकै दुई किशोरीलाई २०६४ साल कात्तिक ९ गते भारततर्फ बेच्न लैजाँदै गर्दा पर्सा जिल्लाको इनर्वाबाट पीडितको उद्धार गर्ने क्रममा तामाङ पनि सँगै पक्राउ परेका थिए । पीडितको जाहेरीमा पर्सा जिल्ला अदालतले नुवाकोट क्षेत्र पर्ने भन्दै मुद्दा नुवाकोटमा लैजान आदेश दिएपछि २०६४ साल कात्तिक २३ गते नुवाकोट ल्याउने क्रममा बट्टारबाट तत्कालनी अभियुक्त तामाङ हतकडीसहित फरार रहदै आएका थिए । फरार प्रतिवादी तामाङलाई जिल्ला अदालत नुवाकोटले १० वर्ष कैद र ५० हजार रुपैयाँ जरिवानाको फैसला यसअघि नै गरिसकेकाले अब उनलाई कैद सजाँयको लागि जिल्ला अदालत नुवाकोटमा बिहिवार नै बुझाइएको नुवाकोट प्रहरी नायव उपरीक्षक सिद्धिविक्रम शाहले जानकारी दिए । ‘ढिलै भएपनि पक्राउ पर्नुमा यो प्रहरीको ढूलै सफलता हो । विषेशगरी अनुसन्धानमा संलग्न प्रहरीहरुको मेहनत जस दिनुपर्छ, डिएसपी शाहले भने, ‘जतिसुकै वर्ष बितेपनि र फरार भएपनि अपराध छिप्न सक्दैन । अपराधी कानुनको कठघरामा एक न एकदिन अभिनैपर्छ भन्ने यो उदाहरण पनि हो ।’ फरार तामाङ भारतमा लुकीछिपी बस्दै आएको र बेलाबेलामा घरसमेत आउने गरेको सुराकीको आधारमा पक्राउ गरिएको प्रहरी प्रमुख शाहले बताए । अभियुक्त ताामाङ फरार भएपछि उनलाई नुवाकोट ल्याउने प्रहरी हबल्दार रामशरण राई र प्रहरी जवान रामकृष्ण ओझालाई त्यसबखत नै निलम्बन गरि १५ हजार रुपैयाँ जरिवाना समेत गरिएको थियो । फरार अभियुक्तहरुलाई पक्राउ गर्ने अभियान नै सञ्चालन गरिरहेको प्रहरीले पछिल्लो पाँच महिनामा ज्यान मार्ने उद्योग, हतियार खरखजाना मुद्दामा चार जना र मानवबेचविखन मुद्धाका ८ जनालाई पक्राउ गरी कारबाही गरिएको प्रहरी प्रमुख सिद्धि विक्रम शाहले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण