नुवाकोट महोत्सवको रौनक
शुक्रबार, २२ माघ २०७२, ०८ : ३९
नुवाकोट–मौलिक कला, संस्कृति र उत्पादनलाई प्रवद्र्धन गर्नै उद्देश्यले थ्रि डी युवा क्लब कोलोनीको आयोजनामा बिहिवारदेखि नुवाकोट मिनी महोत्सव सुरु भएको छ । “भूकम्पको पीडा बिर्सौ, सम्वृद्ध नुवाकोट निर्माणमा जुटौ” भन्ने मूख्य नाराको साथ आजदेखि सुरु भएको महोत्सवको नेपाल चेम्बर अफ कर्मस् तथा चीन–नेपाल उद्योग बाणिज्य संघका अध्यक्ष राजेशकाजी श्रेष्ठले गर्नुभएको हो ।
मिनी महोत्सवको उद्घाटन गर्दै श्रेष्ठले महोत्वसले स्थानीय कला र सस्कृतीको प्रचारको साथै आर्थिक समृद्धिको लागि पनि सहयोग पुग्ने बताउनुभएको छ । उहाँले नेपाल–भारतलाई जोड्ने मुख्य नाकाको रुपमा रहेको रसुवा र नुवाकोटको भूमी हुदै केरुङ–नुवाकोट गल्छीसम्म विस्तार हुन लागेको दुई लेनको सडकले नुवाकोटलाई अर्थिक रुपमा समृद्ध बनाउन अवसर सुुरु भएको बताउनुभएको छ ।
यस्तै, नुवाकोटका स्थानीय विकास अधिकारी राजेन्द्रप्रसाद रिसालले महोत्वसस्थलबाट भूकम्पले क्षति पु¥याएको घरको पुनःनिर्माणको लागी प्रतिरोधी घर निमार्णको लागि सूचनाको जानकारी दिएर सेवा पु¥याइरहेको बताउनुभएको छ ।
मेलामा शहरी तथा भवन निर्माण डिभिजन कार्यालय नुवाकोटले भूकम्प प्रतिरोधी भवन निर्माण सम्बन्धि समेत जानकारी दिइरहेकाले महोत्सवस्थलबा ग्रामीण क्षेत्रको लागि निर्माण गर्न तयारी गरिएको विभिन्न १७ प्रकारको नमूना घरको बारेमा समेत जानकारी उपलब्ध गराउने व्यवस्था मिलाएको स्थानीय विकास अधिकारी रिसालले बताउनुभएको छ ।
महोत्सवले स्थानिय स्तरमा ंभावनाको ढोका खुल्ने बताउँदै एमाले नुवाकोटका प्रतिनिधि छत्रबहादुर लामा, एकीकृत नेकपा माओवादीका नुवाकोट अध्यक्ष हिरानाथ खतिवडा, राप्रपा नेपाल नुवाकोटका तीन नम्बर क्षेत्रीय संयोजक विष्णुप्रसाद सापकोटा, नेकपा क्रान्तिकारी विदुर ईञ्चार्ज लिलानाथ न्यौपाने लगायतका दलका प्रतिनिधिहरुले महोत्सव सफल बनाउन शुभनाकमा दिनुभएको थियो । यस्तै, महोत्सवको सहयोगी सस्था नुवाकोट उद्योग बाणिज्य संघका अध्यक्ष राजन श्रेष्ठ, नगर विकास समितिका अध्यक्ष बसन्तराज केसी, उद्योग बाणिज्य संघका निर्वतमान अध्यक्ष शरण उत्सुक सापकोटा, लगायतले महोत्सवलाई सव्य रुपमा भव्य बनाउन शुभकामना दिनुभएको छ ।
एक सय ५० स्टल रहेको नुवाकोट मिनी महोत्सवमा स्थानीय उत्पादनहरुले प्राथमिकता दिइएको मेला आयोजक “थ्रि डी युवा क्लब”का संयोजक बिजय गुरुङ्गले जानकारी दिनुभएको छ ।
नुवाकोटको पहिचान बनाउदै आएको किम्ताङ्गको रातो चामल, नुवाकोट शिखरवेशीमा उत्पादन भएर जिल्लाकै पहिचान बनाएको स्थानीय चामल, ककनी मदानपुरको ट्राउट माछा, ककनीको स्टेबेरी, त्रिशुलीको कान्छी बदाम, रानीपौवाको मुला, साल्मेको भुई स्याउ, पिपल्टार र इनारपाटीको ढाकाको कपडा लगायतका कृषिजन्य उत्पादन र हस्तकलालाई महोत्सवमा राखिएको संयोजक गुरुङ्गले बताउनुभयो ।
महोत्सवमा रमाईलो मेला, बाल उद्यान्न लगायतका मनोरञ्जनात्मक खेलको समेत व्यवस्था मिलाइएको छ । नुवाकोट उद्योग बाणिज्य संघ प्रवद्र्धक रहेको नुवाकोट मिनी महोत्सव सफल बनाउन जिल्ला विकास समिति नुवाकोट, विदुर नगरपालिकाको कार्यालय, नुवाकोट निर्माण ब्यवयासी संघ र जिल्ला सहकारी संघले समेत सहयोग पु¥याएका छन् ।
महोत्सवमा कलाकारहरु प्रमोद खरेल, राजु लामा, रामजी खाण, ज्योती मगर, कमल खत्री, रोज मोक्तान, पशुपती शर्मा, सुनिता दुलाल, घमेश दुलाल, हेम वाइवा, रोशन फ्युवा, युबी मग्रेसा, रमला पाख्रिन, मिना लामा, सागर एस वाइवा, कृष्ण रेउले, सम्झना लामिछाने मगर, विष्णु क्षेत्री, रमेशराज भट्टराई, शर्मिला श्रेष्ठ, दिनेश लामा, शर्मिला लामा, उद्धव कार्की लगायतका कलाकारहरु आउने सम्झौता भइसकेको महोत्वसका आयोजक समितिले जनाएको छ । यसैगरी, हास्य कलाकारहरुमा मनोज गजुरेल, किरण केसी, जितु नेपाल, धर्मुस र सुन्तली लगायतका रहेको नुवाकोट मिनी महोत्सवको सचिवालयले जनाएको छ ।
महोत्सवमा निःशुल्क वाईफाईको सुबिधाको मिलाईको छ भने बालउद्यान, केरा लगायतबाट निर्माण गरिएको विभिन्न परिकार, नुवाकोट सामरीका मौरी किसान धुव्रप्रसाद सापकोटाको मौरीलाई शरीरमा राखेर देखाउने चमत्कारी प्रदर्शनी लगायत मेलालाई आकर्षक बनाउने र आर्थिक समृद्ध बनाउन सहयोग पुग्ने मनोरञ्जन पनि समावेश गरिएको प्रचार–प्रसार उप–समितिका संयोजक श्रीराम तामाङले जानकारी दिनुभयो ।
मेलास्थल कोलनीसम्म पुग्न स्थानीय सडकमा सञ्चालन हुने सबै सवारीसाधनको टिकक काउन्टर कोलनीमाबाट नै सञ्चालन हुने र सवारी साधनहरु पनि कोलानीसम्म जाने÷आउने व्यवस्था मिलाइएको छ । महोत्सवमा सर्वसाधारणको लागि टिकटमा ५० रुपैयाँ, विद्यार्थीको लागि ३० रुपैयाँ तोकिएको छ भने ७० वर्ष उमेर पुगेका जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरुलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ । मेलाको उद्घाटनको दिन आज करिब १० हजारले मेला अवलोकन गरेको आयोजकले जनाएको छ । मेलाको उत्द्घाटनमा समारोहमा तामाङ समुदाय लगायत नुवाकोट जिल्लामा रहेका कला, सस्कृति तथा नाँचहरुको प्रर्दशनी, झाकी देखाइएको थियो ।
महोत्सवमा विदुर नगरपालिकाको वड नम्बर ९ मा रहेका लाखे नाच र हाकु पटासी, वडा नम्बर १० मा रहको भिन्तुना र लाखे नाँच विदुर वडा नम्बर ४ बट्टारमा रहेको लाखे नाँच, वडा नम्बर ८ मा रहेको सोरठी नाच, वडा नम्बर ७ पिपलटारमा रहेको पिपल्टार लाखे समूहको लाखे नाँच, तुप्चेमा रहेको बाघभैरव भजन मण्डली समूहको खैजेडी र पञ्चेबाजा, कल्याणपुरको हर्कपुरमा रहेको कालिकाभजन मण्डलीको खैजेडी भजन, बेलकोटको ख्याली, किम्ताङको घोडा नाँच लगायत तामाङ कला सस्कृति झल्काउने मेन्दोमायाँ, ठ्याङ्ग्रे नाँच लगायतको प्रस्तुती देखाइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण