शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

सबारीको ठक्करबाट श्रमिकको ज्यान गयो

शुक्रबार, २२ माघ २०७२, ०८ : ४२
शुक्रबार, २२ माघ २०७२
मलेसिया- मलेसियाको जोहोरबारुमा बाटो काट्ने क्रममा बिपरित दिशाबाट आएको मोटरसाइकलले ठक्कर दिदा एक श्रमिकको ज्यान गएको छ।
११ महिना अघि नेपालको याक्खा ओभर्सिज इम्पोइमेन्ट कन्सुल्ट बालुवाटार रोजगारीको शिलशिलामा winsheng plastic industry SDN BHD no 16 jalan nasil dun मलेसियामा आएका दिल्पा नागी ६ भोजपुरका अन्दाजी २५ बर्षीय ज्ञान राज राइको हिजो साझ कम्पनिको काम सकेर होस्टेल फर्कदै गर्दा बिच बाटोमा सिङ्गापुरको मोटरसाइकलले ठक्कर दिएको थियो।ठक्कर दिएपछि ढुनुमुनिएका उनलाइ पछाडीबाट आउदै गरेको प्राइभेट कारले समेत ठक्कर दिएपछि बिच सडकमा ढलेका थिए। अचेत भएका ज्ञानलाइ साथिहरुले बिच सडकबाट तानेर साइड लगाइ कम्पनीमा संपर्क गरेमा थिए।
दुर्घटनाको करिब १५ मिनेटमा आएको एम्बुलेन्समा राखी हस्पिटल लादै गर्दा बाटोमा नै उनको मृत्यु भएको थियो।हस्पिटल लैजादा एम्बुलेन्समा आपतकालिन अक्सिजन पनि नदिएको उनका सहकर्मी साथिले जानकारी दिए। हाल उनको शबलाइ पोस्टमार्टमको लागि जोहोरको सुल्तान आमिनाह हस्पिटलमा लगिएको र पोस्टमाटमको रिपोर्ट आएपछी छिट्टै नेपाल पठाउने तयारी कम्पनिले गरेको पनि उनका सहकर्मी साथी मनबिर पुजराले जानकारी गराए।
उनको घरपरिवारमा बुबा ,२ दिदी ,१ बहिनी ,१ भाइ ,श्रीमति र २ बर्षकि १ छोरी रहेको बुझिएको छ ।उनी घरको जेठो छोरो भएकोले सम्पुर्ण घर खर्च उनैले बेहोर्दै आएका थिए। उनको घरको स्थिती नाजुक रहेको पनि उनका सहकर्मी साथिले जनाएका छन।
यसरी मलेसियामा दैनिक सडक दुर्घटनामा नेपाली श्रमिकले अकालमा ज्यान गुमाउदा पनि नत नेपालको सरकारले कुनै चासो राख्छ नत मलेसिया सरोकार कम्पनी र सरकारले नै। प्राय धेरै श्रमिकको ज्यान सडक दुर्घटनामा जाने गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप