नाटककै क्रममा झुण्डिएका इटालियन कलाकार मृत घोषित
पिसा – प्रत्यक्ष नाटक देखाइरहेको क्रममा दुर्घटनावस झुण्डिएपछि कोमामा रहेका एक इटालियन कलाकारलाई अस्पतालले ‘क्लिनिकल्ली’ मृत घोषित गरेका छन् । २७ वर्षीय राफायल सुमाकर इटालीको पिसामा रहेको टिएट्रो थिएटरमा नाटक प्रदर्शन गर्ने क्रममा झुण्डिएका थिए । गत शनिबार घटेको घटनापछि उनलाई अस्पताल पुर्याएपनि उनी त्यही दिनदेखि कोमा थिए । डाक्टरहरुका अनुसार उनको स्थिति दिनानु बिग्रिएको र उनको शरीरले उपचारमा प्रतिक्रिया जनाउन छाडिसकेको छ । उनलाई ‘ब्रेन डेड’ घोषणा गरिएको छ । नाटककै क्रममा उनी झुण्डिए पनि धेरै बेर अन्य कलाकारहरुले थाहा पाएनन् । दर्शकमा रहेका एक मेडिकल विद्यार्थीले उनी झुण्डिएको पत्ता लगाएको बताइएको छ । दुर्घटनावस उक्त घटना घटेको बताइए पनि थिएटरको सुरक्षामा लापरवाही भएको विषयमा अनुसन्धान भइरहेको बिबिसीले जनाएको छ । उनले आत्महत्या गरेको हुनसक्ने आशंका गरेपनि सुमाकरकी आमाले भने उक्त दाबी अस्विकार गरेकी छिन् । थिएटरका आर्ट डाइरेक्टरले डेलीमेलसँग कुरा गर्दै भनेका छन्, ‘हामी स्तब्ध छौं । यो घटना कसरी भयो भन्ने बारेमा हामी आफै अन्यौलमा छौं । प्रहरी अनुसन्धानपछि सबै कुरा खुल्ने छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मैदानमै फेरि ढले डेनिस स्टार क्रिस्टियन एरिक्सन, युक्रेनविरुद्धको खेल रद्द
-
१२ बजे १२ समाचार: सरकारमाथि कांग्रेसको निगरानीदेखि ओलीका स्वकीय सचिवमाथि अनुसन्धान सुरुसम्म
-
‘बार्न’ अध्यक्षमा घिमिरे निर्वाचित
-
दरबार रोधीको १८औँ वार्षिकोत्सवमा दृष्टिविहीन कलाकारलाई सहयोगको घोषणा
-
भुटान केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प: नेपालसहित पाँच देशमा धक्का महसुस
-
किचकबधमा नवौँ चरणको उत्खनन सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण