सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

परकम्पबाट ७१ जना घाइते

शनिबार, २३ माघ २०७२, १६ : ०३
शनिबार, २३ माघ २०७२
काठमाडौँ - शुक्रबार राति १०:०५ बजे सिन्धुपाल्चोक हेलम्बु तार्केघ्याङ आसपास केन्द्रबिन्दु भएर गएको ५.५ रिक्टर स्केलको परकम्पका कारण काठमाडौँ उपत्यकामा ७१ जना घाइते भएका छन् । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक विश्वराज पोखरेलले घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको, १९ जना उपत्यकाका विभिन्न अस्पतालमा उपचाररत रहेको र भौतिक क्षतिको विवरण आउन बाँकी रहेको जानकारी दिए । काठमाडौँमा ६०, भक्तपुर र ललितपुरमा ११ जना घाइते भएकामा ४१ पुरुष र १९ महिला छन् । “घाइतेको हात खुट्टामा बढी चोट लागेको छ, घाइते हुनेमा कुनै पनि विदेशी नागरिक छैनन्”– प्रवक्ता पोखरेलले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप