आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

यस्ता छ ललितपुर काँग्रेस क्षेत्रीय प्रतिनिधिको परिणाम

शनिबार, २३ माघ २०७२, १६ : २१
शनिबार, २३ माघ २०७२

ललितपुर - नेपाली काँग्रेसको १३औँ महाधिवेशन अन्तर्गत शुक्रबार सम्पन्न तीन वटै क्षेत्रीय निर्वाचनको परिणाम प्राप्त भएको छ । काँग्रेस क्षेत्र नं १ र २ बाट सभापतिमा राजन घिमिरे र महेश खड्का विजयी हुनुभएको छ । यसै गरी क्षेत्र नं ३ बाट गजेन्द्र महर्जनले जित हासिल गरेका छन् ।

क्षेत्र नं १ बाट प्रत्यक्षतर्फ मीनकृष्ण महर्जन, उदयशम्शेर राणा, मथुराप्रसाद घिमिरे, ऋषिराम घिमिरे, गणेशबहादुर केसी र खोमप्रसाद घिमिरे महाधिवेशन प्रतिनिधिमा विजयी भएको मतदान अधिकृत उद्योगप्रसाद तिमल्सिनाले बताउए ।

यसैगरी क्षेत्र नं २ बाट रामकृष्ण चित्रकार, चन्द्र महर्जन, रुद्र शर्मा, पवनविक्रम थापा, प्रेमकृष्ण महर्जन र प्रकाशनन्दन जोशी महाधिवेशन प्रतिनिधिमा विजयी भउका छन् । यसैगरी क्षेत्र नं ३ बाट ओमकारप्रसाद श्रेष्ठ, जितेन्द्रकुमार श्रेष्ठ, जितजङ्ग बस्नेत, प्रमोद शर्मा, मदनबहादुर अमात्य र भरतलाल न्याछ्यौँ महाधिवेशन प्रतिनिधि चयन भए ।

महिलातर्फ क्रमशः क्षेत्र नं १, २ र ३ बाट गङ्गादेवी मूल नगरकोटी, गीता बजगाईं, शान्ति महर्जन, फरिन्दा महर्जन, उर्मिला केसी(नेपाल) र धना खतिवडा महाधिवेशन प्रतिनिधिमा चयन भएका छन् । दलिततर्फ क्रमशः क्षेत्र नं १, २ र ३ बाट विनोद परियार, गङ्गाराम रिजाल र विकासकुमार रोक्का तथा जनजातितर्फ कवेलबहादुर लामा, नन्दकिशोर शाही र सानुबाबु महर्जन महाधिवेशन प्रतिनिधि बनेका छन् ।

अल्पसङ्ख्यकतर्फ क्रमशः क्षेत्र नं १, २ र ३ बाट गोकुल पहरी, धर्मराज श्रेष्ठ र राजकुमार महर्जन महाधिवेशन प्रतिनिधि चयन हुनुभएको निर्वाचन अधिकृत गणेशप्रसाद अधिकारीले बताउनुभयो । तीन वटै क्षेत्रीय अधिवेशनले जिल्लाका लागि सात सात जिल्ला सदस्य चयन गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप