काँग्रेस क्षेत्रीय अधिवेशनको परिणाम आउन सुरु
काठमाडौँ - नेपाली काँग्रेसको १३ औँ महाधिवेशनको तयारीका क्रममा शुक्रबार १९० निर्वाचन क्षेत्रमा भएको क्षेत्रीय अधिवेशनको परिणाम आउन थालेको छ । काठमाडौँका नौ निर्वाचन क्षेत्रमा शुक्रबार निर्वाचन भएको थियो । काठमाडौँ १ को क्षेत्रीय सभापतिमा प्रकाश राना निर्वाचित हुनुभएको छ । क्षेत्र नं २ मा उपेन्द्र कार्की, क्षेत्र नं ३ मा सन्तोष चालिसे, क्षेत्र नं ४ मा राजु श्रेष्ठ, क्षेत्र नं ५ मा रमेश खड्का, क्षेत्र नं ६ मा श्याम खड्गी, क्षेत्र नं ७ मा मुकुन्द रिजाल, क्षेत्र नं ८ मा जुद्धरत्न बज्राचार्य, क्षेत्र नं ९ मा जयकृष्ण महर्जन र क्षेत्र नं १० मा पुकार महर्जन क्षेत्रीय सभापतिमा निर्वाचित हुनुभएको हो । क्षेत्र नं ५ का खड्का र क्षेत्र नं ७ का रिजाल निर्विरोध निर्वाचित हुनुभएको नेपाल विद्यार्थी सङ्घका प्रवक्ता युपी लामिछानेले जानकारी दिनुभयो । शुक्रबार २२० निर्वाचन क्षेत्रमध्ये १९० मा क्षेत्रीय अधिवेशन भएको थियो । बारा जिल्लामा आइतबार गाउँ नगरको अधिवेशन हुने निर्वाचन समितिका संयोजक राधेश्याम अधिकारीले जानकारी दिनुभयो । सिरहामा गाउँ र वडा अधिवेशन सकी आज नगर अधिवेशन भइरहेको छ । एउटा निर्वाचन क्षेत्र मात्र रहेका हिमाली १४ जिल्लामा यही माघ २५ गते नै महाधिवेशन प्रतिनिधिसहित जिल्ला कार्यसमिति समेत चयन हुने निर्वाचन समितिका सचिव प्रदीप पराजुलीले बताउनुभयो । औपचारिक रुपमा अहिलेसम्म बर्दियाको मात्र परिणाम आएको समितिले जनाएको छ । पर्वत र काठमाडौँ क्षेत्र नं ७ मा महाधिवेशन प्रतिनिधि छनोटका लागि आज मतदान भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मैदानमै फेरि ढले डेनिस स्टार क्रिस्टियन एरिक्सन, युक्रेनविरुद्धको खेल रद्द
-
१२ बजे १२ समाचार: सरकारमाथि कांग्रेसको निगरानीदेखि ओलीका स्वकीय सचिवमाथि अनुसन्धान सुरुसम्म
-
‘बार्न’ अध्यक्षमा घिमिरे निर्वाचित
-
दरबार रोधीको १८औँ वार्षिकोत्सवमा दृष्टिविहीन कलाकारलाई सहयोगको घोषणा
-
भुटान केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प: नेपालसहित पाँच देशमा धक्का महसुस
-
किचकबधमा नवौँ चरणको उत्खनन सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण