आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

प्रधानसेनापति स्वदेश फिर्ता

शनिबार, २३ माघ २०७२, १८ : २६
शनिबार, २३ माघ २०७२

काठमाडौँ - प्रधानसेनापति राजेन्द्र क्षत्री मित्रराष्ट्र भारतको छ दिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्केका छन् । प्रधानसेनापति क्षत्रीलार्ई बलाधीकृत रथी बलदेवराज महतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । मित्रराष्ट्र भारतका स्थल सेनाध्यक्षको निमन्त्रणामा प्रधानसेनापति क्षत्री यही माघ १८ गते त्यसतर्फ प्रस्थान गरेका थिए। भ्रमणका क्रममा उनलाई भारतीय राष्ट्रपति प्रणव मुखर्जीले भारतीय स्थल सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गरेका थिए । नयाँदिल्लीमा रहँदा प्रधानसेनापति क्षत्रीले भारतीय रक्षामन्त्री, गृहमन्त्री, स्थल सेनाध्यक्ष, राष्ट्रिय सुरक्षा सल्लाहकारलगायतसँग भेटवार्ता गरेका थिए । प्रधानसेनापतिलाई मानार्थ महारथी उपाधिद्वारा सुशोभित गर्ने परम्पराबाट दुवै देश र सेनाबीचको सौहार्दपूर्ण सम्बन्धले द्विपक्षीय हित र पारस्परिक सम्बन्धलाई थप सुमधुर एवम् प्रगाढ योगदान पु¥याउँदै आएको नेपाली सेनाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप