सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

सागमा नेपाललाई दोस्रो पदक : विकासले जिते रजत पदक

शनिबार, २३ माघ २०७२, १८ : ३०
शनिबार, २३ माघ २०७२
गुवाहाटी – १२ औं दक्षिण एसियाली खेलकुदमा भारोत्तोलन खेलाडी विकास थापाले नेपालका लागी दोस्रो पदक जितेका छन् । ६२ केजी तौल समुहमा प्रतिस्पर्धा गरेका थापाले रजत पदक हात पार्दै नेपाललाई दोस्रो पदक दिलाएका हुन् । भारतको गुहावटी स्थित भोगेश्वर फुकानी इन्डोर स्टेडियममा भएको प्रतिस्पर्धामा विकासले क्लिन एण्ड जर्क तर्फ १३० केजी र स्न्याच तर्फ ११२ केजी सहित कुल २४२ केजी भार बहन गरेका थिए । यसअघि नेपाल प्रहरीकी खेलाडी देवी चौधरीले पहिलो पदक जितेकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप